Similar Posts

  • मानव अधिकार हनन सम्बन्धी उजूरी प्रकृया सम्बन्धी जनहितको सन्देश

    कोभिड १९ महामारीको समयमा विभिन्न हिंसाका घटनाहरु बढी भएको सामाचार हामीले पाएका छौं । महामारीमा सुरक्षित भइ कसरी उजूरी गर्ने भन्ने जानकारी सबै माझ पुर्याउने उद्देश्यले मानव अधिकार हननका उजूरी प्रकृया सम्बन्धी जनचेतनामूलक सन्देश तयार भएको छ । कतिपय अपाङ्गता भएका व्यक्तिहरु आफूलाई परेको हिंसाको बारेमा सम्बन्धित निकायमा उजूरी दिने प्रकृया थाहा नभएर न्यायबाट बञ्चित हुनु परेको मानव अधिकार हननका घटना संकलनको क्रममा देखिएको छ । अझ यस किसिमका घटनाहरु सार्वजनिक  हुने दरले लुकाउन र मिलाउन खोज्ने प्रवृत्ति पनि यथावत नै छ । मानव अधिकारको हनन भएको देख्ने सुन्ने स्वयम व्यक्ति, घर परिवार संरक्षक वा नागरिक समाजले पनि यस्ता घटनाहरुको समयमै आवाज उठाउनुपर्छ । यस्ता मानव अधिकार हननका घटनाहरुको सवालमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना स्थानिय संरचनाहरु र संघीय स्तरमा उजूरी लिने सम्बन्धित निकायहरुसँग घटनाको सत्य तथ्य बझ्ने पिडितलाई उचित न्याय र  क्षतिपूर्तिको व्यवस्थाको लागि राज्यसँग पहलका कार्यहरु गर्दै आएको छ ।

  • वार्ताको लागि हार्दिक आव्हान

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विगत ३५ वर्षदेखि अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारको बारेमा वैधानिक र सांगठनिक रुपमा वकालत गर्दै आइरहेको व्यहोरा सर्वविदितै…

  • प्रकाशन: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत

    जनवकालत गर्ने वा सो विषयमा तालिम सञ्चालन गर्नेहरूका लागि एक सहयोगी पुस्तिका यो प्रकाशन राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफुले गरेका काम, सिकाई र…

  • विश्व सुनाई दिवस

    आज बिश्वभर  “Hearing for life. Don’t let  hearing loss limit you”  “जीवनको लागि सुनाइ । श्रवणशक्ति कमीको कारण आफूलाई सिमित नराखौँ ।” भन्ने मुल नाराका साथ १३ औ विश्व सुनाई दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ ।

  • कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध

    हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । यो विज्ञप्ती तयार गर्दासम्म विश्वभरका १८५ देशका २,७६,००० भन्दा बढी मानिसहरू यसको संक्रमणमा परेका छन् भने ११,००० भन्दा बढीको मृत्यू भैसकेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा क्रमश बढ्दै गएको हुनाले नेपालमा हालसम्म यसको संक्रमण खासै नदेखिएको भएतापनि कुनैपनि वेला यसको गंभीर संक्रमणमा पर्ने खतरा रहेको छ । तसर्थ यसको संक्रमणबाट बच्नको लागि देहायबमोजिम गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सबै अपाङ्गता भएका व्यक्ति, परिवारका सदस्य लगायत सम्बन्धित सबैमा अनुरोध गर्दछ ।