सीआरपीडिका इच्छाधीन आलेख (सबै धाराहरू)

सामान्य परिचय इच्छाधीन आलेखमा राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिका गुनासाहरू सुन्न र त्यसको उपयुक्त छानबिन गर्ने सम्बन्धमा व्यवस्था गरिएको छ । कुनै देशले यदि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिमा गरिएका व्यवस्था लागू गर्न मानेन, हेलचेक्र्याइँ गर्‍याे वा यसमा गरिएका व्यवस्थाहरूको गम्भीर उलङ्घन गर्‍याे भने त्यस्तो उलङ्घनका कारणले पीडित व्यक्ति वा समूहले यस दस्तावेजमा गरिएको व्यवस्था अनुसार…

धारा ५० : अन्य भाषाहरूमा यो महासन्धि छापिने

यो महासन्धि अरबिक, चिनिया, अंग्रेजी, फ्रान्सेली, रूसी र स्पेनी भाषामा छापिने छ । सबै भाषामा बराबर मान्यता हुनेछ ।

धारा ४८ : कुनै देश महासन्धिबाट बाहिरिन चाहेमा

कुनै देशले यस महासन्धिबाट बाहिरिन चाहेमा महासचिवलाई पत्र लेख्न सक्छन् । महासचिवले पत्र पाएको मितिबाट १ वर्षपछिदेिख उक्त देश महासन्धिबाट बाहिरिने छ ।

धारा ४७ : महासन्धिमा फेरबदल र थपघट (संशोधन)

यस महासन्धिलाई लागू गर्ने कुनै पनि देशले यस महासन्धिमा कुनै फेरबदल वा थपघट (संशोधन) गर्नुपर्ने ठानेमा राष्ट्रसंघका महासचिवसमक्ष प्रस्ताव पेश गर्न सक्नेछ । यसरी पेश गरिएको प्रस्तावका बारेमा महासचिवले अरू देशलाई पनि सूचित गराउने छन् र त्यस्तो प्रस्तावमा छलफल गर्न सम्मेलन गर्ने वा नगर्ने भनेर सुझाव लिनेछन् । यसरी सूचित गरेको ४ महिनाभित्र दुई तिहाइ…

धारा ४६ : आरक्षण रहने

यो महासन्धिको उद्देश्य र प्रयोजनविपरीत हुनेगरी देशहरूले यो महासन्धिमा आरक्षण राख्न पाउने छैनन् । देशहरूले राखेका आरक्षणहरू कुनै पनि बेला फिर्ता लिन सक्नेछन् ।

धारा ४४ : देशहरूको क्षेत्रीय समूह वा संगठन ।

विभिन्न देशले आपसी हित र विकासका लागि संयुक्तरूपमा काम गर्न संगठन निर्माण गरेका हुन्छन् । त्यस्ता संगठनलाई क्षेत्रीय संगठन भनिन्छ, जस्तैः युरोपियन युनियन, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आदि । यी संगठन/संस्थाहरूले पनि यो महासन्धिमा हस्ताक्षर र अनुमोदन गर्न सक्छन् ।

धारा ४३ : स्वीकृति र अनुमोदन

यो महासन्धिमा हस्ताक्षर वा अनुमोदन गरिसकेपछि देशहरू वा देशहरूका क्षेत्रीय संगठनहरूले राष्ट्रसंघमा औपचारिक जानकारी गराउँने छन् । यस महासन्धिमा कहिले हस्ताक्षर गर्ने वा अनुमोदन गर्ने भन्ने बारेमा देशहरू वा क्षेत्रीय संगठनहरूले आफैँले निर्णय लिन सक्छन् ।