Covid-19 Response

कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि अपाङ्गता भएका व्यक्तिहरूका सवालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले हालसम्म गरेका केही प्रयासहरू सम्बन्धी अध्यावधी

कोभिड १९, अर्थात नोभल कोरोना भाइरसको संक्रमणबाट उत्पन्न महाविपत्तिको चपेटामा आज सारा विश्व परिरहेको छ । चीनवाट सुरू भएर युरोप र अमेरिकामा फैलिदै क्रमशः दक्षिण एशिया र अफ्रीकी मुलकुहरूमा फैलिन थालेको यस भाइरसको महामारीबाट यो प्रतिवेदन तयार गर्दा सम्म ४ लाख २८ हजार भन्दा बढी मानिसहरू संक्रमित भैसकेका छन भने १९ हजार भन्दा बढीको मृत्यू भैसकेको छ । चीन पछी यसको सबैभन्दा ठूलो प्रभाव यूरोप र अमेरिकामा परेको छ भने दक्षिण एशियाली देशहरूमा पनि यसको संक्रमण बढ्दै गएको छ ।

कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध (सांकेतिक भाषा भिडियो)

हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा… Read more कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध (सांकेतिक भाषा भिडियो)

कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध

हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । यो विज्ञप्ती तयार गर्दासम्म विश्वभरका १८५ देशका २,७६,००० भन्दा बढी मानिसहरू यसको संक्रमणमा परेका छन् भने ११,००० भन्दा बढीको मृत्यू भैसकेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा क्रमश बढ्दै गएको हुनाले नेपालमा हालसम्म यसको संक्रमण खासै नदेखिएको भएतापनि कुनैपनि वेला यसको गंभीर संक्रमणमा पर्ने खतरा रहेको छ । तसर्थ यसको संक्रमणबाट बच्नको लागि देहायबमोजिम गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सबै अपाङ्गता भएका व्यक्ति, परिवारका सदस्य लगायत सम्बन्धित सबैमा अनुरोध गर्दछ ।

कोरोना भाइरसको संक्रमण सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अपिल

मिति २०७६/१२/७ हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको… Read more कोरोना भाइरसको संक्रमण सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अपिल