धारा ४ : महासन्धि स्वीकार गर्ने देशका सरकारले गर्नै पर्ने काम
यो महासन्धिलाई स्वीकार गर्ने सबै देशले वास्तविक व्यवहारमै अपाङ्गता भएका व्यक्तिहरूलाई समान व्यवहार गरेको सुनिश्चित गर्नै पर्छ । यस महासन्धिलाई स्वीकार गर्ने देशहरूले आफ्ना देशमा निम्न अनुसारका काम गर्ने भनेर प्रतिवद्धता गरेका छन्ः नियम र कानुन बनाएर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका अधिकार सुनिश्चित गर्ने र महासन्धिमा लेखिएका कुराहरूसँग नमिल्ने खालका कानुन भए तिनलाई परिवर्तन गर्ने,…