धारा २१ : आफ्ना विचारहरू राख्न पाउने, आफूले चाहको कुरा भन्न पाउने र सूचना पाउने
भन्न मन लागेका कुरा भन्न पाउने अधिकार सुनिश्चित गर्नेछन् । अपाङ्गता भएका व्यक्तिहरूले आफूले रोजेको तरिका र माध्यमबाट सूचना लिन-दिन वा सञ्चार गर्न पाउँछन् र यो कुरा देशहरूले सुनिश्चित गर्नुपर्छ । यसबाहेक देशहरूले तल लेखिएका थप कामहरू पनि गर्नुपर्छः अपाङ्गता भएका व्यक्तिहरूलाई सञ्चार गर्न वा सूचना लिन वा दिन उपयुक्त हुने ढाँचामा सूचना उपलब्ध हुनुपर्छ…