Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our WorksExpand
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
logo of nfdn

महासड्घका क्षेत्रीय गतिविधि

December 28, 2019

समाचार

पश्‍चिमाञ्‍चलको अध्यक्षमा ढकाल

दमौली (तनहुँ), फागुन । राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपाल पश्‍चिमाञ्‍चलको फागुन ८ गते भएको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले कल्पना ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । रूपन्देही अपाङ्‍ग पुनःस्थापना केन्द्रकी अध्यक्ष रहेकी ढकाल यस अघि सहसचिव पदमा हुनुहुन् ।

NFDN president giving certificate of winning to Newly elected regional president Ms. Kalpana Dhakal

उहाँले अध्यक्षका प्रत्यासी दृष्टिविहीन उत्थान सङ्‍घका अध्यक्ष हुमनाथ अधिकारीलाई ९ मतले पराजित गर्नुभएको हो । अधिकारी यस अघि कोषाध्यक्ष पदमा हुनुहुन् ।

अध्यक्ष पदमा सहमति नभएपछि भएको मतदान प्रक्रियामा पश्‍चिमाञ्‍चल विकास क्षेत्रका १६ जिल्लाका करिब १५० प्रतिनिधिको सहभागिता थियो ।
तनहुँको दमौलीमा भएको अधिवेशनले उपाध्यक्षमा प्रमिला श्रेष्ठ निर्विरोध चयन गरेको छ भने कोषाध्यक्षमा विकास घिमिरे निर्वाचित हुनुभएको छ । सचिवमा सुरेन्द्र खत्री र सहसचिवमा शीला घिमिरे निर्विरोध निर्वाचित हुनुभयो । त्यस्तै, सदस्यमा सामान्य अपाङ्‍गतातर्फ पवनकुमार बस्नेत र अनिता शर्मा, अति अशक्त सदस्यतर्फ मनोज पँगेनी र खोमकला सापकोटा, मधेशी सदस्यतर्फ दीपनारायण हरिजन, जनजातितर्फ वीरेन्द्र राना र दलिततर्फ कमला परियार विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

महासङ्‍घका नवनिर्वाचित पदाधिकारीको सम्मान

बुटवल । राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपाल पश्‍चिमाञ्‍चल क्षेत्रीय समिति बुटवलले पुस ११ र १२ गते पोखरामा सम्पन्‍न १६ औँ वार्षिक साधारणसभा तथा सातौँ महाधिवेशनबाट निर्वाचित पश्‍चिमाञ्‍चलका पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ ।

माघ १२ गते आइतबार बुटवलमा कार्यक्रम आयोजना गरी राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदीसहित वरिष्ठ उपाध्यक्ष देवीबहादुर पोखरेल, सचिव ओमप्रकाश बञ्‍जाडे र केरीय सदस्यहरू चन्द्रकान्त पौड्याल, शिवकुमार ज्ञवाली, सुगम भट्टराई, प्रमिला जोशी, रामरतन हरिजनलाई स्वागत तथा सम्मान गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुवबहादुर खड्काले नवनिर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारीलाई दोसल्ला ओढाई अबिर लगाएर सम्मान गर्नुभएको हो ।

राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपाल पश्‍चिमाञ्‍चल क्षेत्रीय कार्यवाहक अध्यक्ष प्रकाश पन्तको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सहसचिव कल्पना ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख विशिष्ठ अतिथि तथा राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले अबको अपाङ्‍गता आन्दोलनमा अति अशक्त, पूर्ण अपाङ्‍गता भएका विकट स्थानका अपाङ्‍गता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा ल्याउनतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्‍नुभयो– “हामी केही बुझ्ने व्यक्तिहरू भएका छौं तर वषौंदेखि अपाङ्‍गता भएकै कारण हिंसा सहदै आउनुभएका व्यक्तिहरूलाई खुला समाजमा ल्याएर प्रतिस्पर्धा गर्नसक्‍ने कसरी बनाउने भन्‍नतर्फ लाग्‍नुपर्छ ।”

त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत खड्काले अन्य जिल्लामा भन्दा रूपन्देहीमा अपाङ्‍गता भएका व्यक्तिहरूका लागि भनेर विनियोजन भएको बजेट सही ढङ्गले प्रयोग गरिएको पाइएको भन्दै आगामी दिनमा लक्षित समुदायको रकम लक्षित समुदायकै हितमा खर्च हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले अपाङ्‍गताको नाम भजाएर भत्तामात्र पचाउने तर ठोस कार्यप्रगति गर्न नसक्‍ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

दृष्टिविहीनहरूको सार्थक अभियान : एक व्यक्ति एक इँटा

– कृष्ण खनाल

दृष्टिविहीन व्यक्तिहरू एकजुट भएर लाग्‍ने हो भने अनुकरणीय काम गर्न सक्छन् भन्‍ने उदाहरण पछिल्लो समयमा रूपन्देहीका दृष्टिविहीनहरूले प्रस्तुत गरेका छन् ।

रूपन्देही नेत्रहीन सङ्‍घले सञ्‍चालन गरेको ‘एक व्यक्ति एक इँटा’ अभियान अन्तर्गत आफ्नै भवन बनाइसकेको छ । यद्यपि, भवनमा अझै केही पूर्वाधारको विकास गर्नु आवश्यक रहेको छ । भवनको नेपाल सरकारका उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले उद्‍घाटन गर्नुभयो ।
केही वर्ष पहिलादेखि सुरु भएको ‘एक व्यक्ति एक इँटा’ अभियान अन्तर्गत अपाङ्‍गता भएका व्यक्ति, दृष्टिविहीन व्यक्तिहरूसँग चन्दा सङ्‍कलन गरिएको थियो । अभियानमा बुटवल उपमहानगरपालिका र जिल्ला विकास समितिले पनि साथ दिएका छन् ।

बुटवल– १४, तामनगरमा दृष्टिविहीनहरूले अपाङ्‍गता भएका व्यक्तिहरूका लागि पश्‍चिमाञ्‍चल क्षेत्रस्तरीय तालिम केन्द्र तथा आश्रयस्थलको रूपमा विकास गर्ने गरी ४ वटा कोठा र एउटा कार्यक्रम हलसहितको भवन निर्माण गरेका हुन् ।

रूपन्देही नेत्रहीन सङ्‍घका अध्यक्ष बालकृष्ण मरासिनीका अनुसार, अहिलेसम्म करिब ३३ लाख रुपियाँ खर्च भएको छ, जसमा ७ लाख ३० हजार रुपियाँ जिल्ला विकास समिति र बुटवल उपमहानगरपालिकाले सहयोग गरेका छन् । अन्य सबै रकम दृष्टिविहीनहरूले चन्दा उठाएका हुन् । नेपाल नेत्रहीन सङ्‍घले केन्द्रबाट ५० हजार रुपियाँ उपलब्ध गराएको छ ।

रूपन्देही नेत्रहीन सङ्‍घका संस्थापक अध्यक्ष तथा राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ रूपन्देहीका अध्यक्ष आत्मराम पौडेलको नेतृत्वमा भवन निर्माण कार्य सुरु गरिएको थियो ।

तीन कठ्ठा जग्गामा निर्माण भएको भवनलाई गुरुयोजना अनुसार क्षेत्रीय तालिम केन्द्रको रूपमा विकास गर्न अझै करिब ४० लाख रुपियाँ अभाव भएको रूपन्देही नेत्रहीन सङ्‍घका अध्यक्ष मरासिनीले जानकारी दिनुभएको छ । उहाँ भन्‍नुहुन्– “ओत लाग्‍ने एउटा भवन निर्माण गरेका छौं तर गुरुयोजना अनुसार क्षेत्रीय तालिम केन्द्र बनाउन अझै ४० लाख रुपियाँ अभाव रहेको छ ।”

वि.सं. २०५४ सालमा स्थापना भएको रूपन्देही नेत्रहीन सङ्‍घलाई विधिवतरूपमा वि.सं. २०६४ सालमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा दर्ता गरिएको हो ।

भवन निर्माण भइरहेको स्थानको जग्गा सार्वजनिक जग्गा हो । त्यस क्षेत्रका राजनीतिक दल, सरोकारवाला निकाय र स्थानीय निकायले सहमति गरेर रूपन्देही नेत्रहीन सङ्‍घलाई दिने निर्णय गरेका हुन् ।

रूपन्देही जिल्लामा अहिले ५ हजार ९९१ अपाङ्‍गता भएका व्यक्ति रहेका छन् । उनीहरूबाट एक व्यक्ति एक इँटा बराबरको सहयोग जुटाउने अभियान रहेको छ ।

उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले रूपन्देही नेत्रहीन सङ्‍घको नवर्निमत तालिम तथा आश्रय भवनको पुस १५ गते उद्‍घाटन कार्यक्रममा अपाङ्‍गताको विषयमा सरकार गम्भीर रहेको र अहिले प्रदान गर्ने गरेको अपाङ्‍गता भत्ता बढाउन आफूले हदैसम्म पहल गर्ने बताउनुभयो ।

उहाँले नवनिर्मित भवनका अन्य भौतिक पूर्वाधार निर्माणका लागि मन्त्रालयस्तरबाट सक्दो प्रयास गर्ने प्रतिबद्वता जाहेर गर्दै आर्थिक, भौतिक र वर्गीयरूपमा पछाडि परेका नेपाली समाजमा अझ अपाङ्‍गता जगत झनै पछाडि परेको छ भन्‍नुभयो ।

कार्यक्रममा जिल्ला विकास समिति रूपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गाप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुवबहादुर खड्का, नेपाली काँग्रेसका जिल्ला सदस्य खगेन्द्र शर्मा, नेत्रहीन पुनःस्थापना कार्यक्रम रूपन्देहीका क्षेत्र निर्देशक प्रेम महर्जनलगायतले समेत मन्तव्य व्यक्त गर्नुभयो ।

अपाङ्‍गता अधिकार प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण

राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपाल र नेदरल्याण्ड लेप्रोसी रिलिफ नेपालको साझेदारीमा सुदूर पश्‍चिमाञ्‍चल क्षेत्रका ४ जिल्लामा एक दिने अपाङ्‍गता अधिकार प्रवर्द्धनसम्बन्धी सरोकारवाला निकायहरूबीच एक दिने अभिमुखीकरण कार्यक्रम गरियो ।

कञ्‍चनपुर, डडेलधुरा, डोटी र अछाम जिल्लामा अपाङ्‍गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने डीपीओ तथा विभिन्‍न सरकारी एवं गैरसरकारी सरोकारवाला निकायहरूबीच सन् २०१५ को नोभेम्बर महिनाको पहिलो साता अपाङ्‍गता अधिकार प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

Mr. Bimal Paudel, Project Officer at NFDN spekaing during the program

डडेल्धुरा जिल्लामा अपाङ्‍ग कल्याण सेवा समिति डडेल्धुरा, डोटी जिल्लामा अपाङ्‍ग सेवा सङ्‍घ डोटी, अछाम जिल्लामा अपाङ्‍ग उत्‍थान समूह र कञ्‍चनपुर जिल्लामा अपाङ्‍ग सेवा सङ्‍घको स्थानीय व्यवस्थापनमा अभिमुखीकरण कार्यक्रम भएका हुन् ।

राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपालका कार्यक्रम अधिकृत विमल पौडेल र नेदरल्याण्ड लेप्रोसी रिलिफ नेपालका कार्यक्रम संयोजक नन्दलाल बास्तोलाले सहजीकरण गर्नुभएको कार्यक्रममा राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपाल सुदूरपश्‍चिम क्षेत्रीय संयोजक जीवन भट्ट र नेदरल्याण्ड लेप्रोसी रिलिफ नेपाल धनगढीका क्षेत्रीय संयोजक पुस्कर काफ्लेको समेत सहभागिता थियो ।

यी जिल्लामा अपाङ्‍गता भएका व्यक्‍ति, तिनका परिवार तथा अपाङ्‍गतासँग प्रत्यक्ष सम्बन्ध राख्‍ने निकायहरूको एकीकृतरूपमा क्षमता विकास गर्दै अपाङ्‍गताको सवालमा प्रभावकारी ढङ्गबाट परिचालन गरी अपाङ्‍गता भएका व्यक्‍तिहरूको अधिकार उपभोग गर्न सक्‍ने वातावरण तयार गर्न जिल्लास्तरमा काम गरिरहेका सम्बन्धित सरकारी तथा गैर सरकारी निकायहरूको प्रत्यक्ष सहभागितामा कार्यक्रम सञ्‍चालन गरिएको हो ।

सुस्तमनस्थिति बाल विद्या मन्दिरको साधारणसभा

सुस्तमनस्थिति बाल विद्या मन्दिरको २१ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन फागुन १२ गते बुधवार सम्पन्‍न भयो । संस्थाका अध्यक्ष लोकराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानरपालिकाका सामाजिक कल्याण महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेल प्रमुख आतिथि हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुइँटेलले अपाङ्‍गतामा पनि विभिन्‍न प्रकृति हुने र त्यसमा अझ जटिल समस्याको रुपमा सुस्तमनस्थिति भएका बालबालिका रहेको भन्दै उनीहरुका लागि सबैको विशेष सहयोग र हेरचाह आवश्यक भएको बताउनुभयो । उहाँले भन्‍नुभयो– “अपाङ्‍गता हुनु कुनै गल्ती होइन । सबै मिलेर अपाङ्‍गताको विषयमा सहकार्य गर्नुपर्दछ ।”

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख दीपकजङ्ग ध्वज कार्कीले अपाङ्‍गताको विषय सबैको साझा विषय भएको भन्दै यसका लागि आफूहरु सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपाल पश्चिमाञ्‍चल क्षेत्रीय कार्यालय बुटवलकी संयोजक सावित्रा घिमिरे, गैरसरकारी संस्था महासङ्‍घ रुपन्देहीकी सदस्य रिमा बीसी, समाजसेवी शेरबहादुर गोतामे, आमोद सिमागैंडालगायतले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।

अपाङ्‍गतामैत्री नमूना गाउँ निर्माणका लागि कार्ययोजना तयारी गोष्ठी

कञ्‍चनपुर जिल्लाको बाइसेबिचवा एवं कैलाली जिल्लाको जोशीपुरमा अपाङ्‍गतामैत्री नमूना गाउँ निर्माण गर्ने कार्यक्रम अन्तर्गत गाउँस्तरका विभिन्‍न सरोकारवालाबीच दुईदिने कार्ययोजना निर्माण गोष्ठी आयोजना गरियो ।

Mr. Bimal Paudel, Project Officer at NFDN spekaing during the program

राष्ट्रिय अपाङ्‍ग महासङ्‍घ नेपालको आयोजना एवं नेदरल्यान्ड लेप्रोसी रिलिफ नेपालको आर्थिक साझेदारीमा अपाङ्‍गतामैत्री नमूना गाउँ निर्माणका निम्ति गाविसभित्र सक्रिय विभिन्‍न सरोकारवालासँग छलफल गरी आगामी ५ वर्षका लागि कार्ययोजना तयार गरियो ।

त्यसका साथै कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका निम्ति विभिन्‍न क्षेत्रका सम्बन्धित सरोकारवालाहरूको प्रतिबद्धता लिने कामसमेत गरियो ।
कार्यक्रममा गाविसका सचिव एवं अन्य कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य चौकी, विद्यालय/क्याम्पसका प्रतिनिधि, प्रहरी चौकी, सामुदायिक वन, आमा समूह तथा अन्य समूह/समिति, गैरसरकारी निकायका प्रतिनिधि, अपाङ्‍गता भएका व्यक्तिहरू एवं उनीहरूका अभिभावकको सहभागिता थियो ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Quick Links

  • Advocacy Documents
  • Publications
  • Press Release
  • Vacancy

Provincial Offices

  • Koshi Province
  • Madhesh Province
  • Bagmati Province
  • Gandaki Pradesh
  • Lumbini Province
  • Karnali Pradesh
  • Sudurpashchim Pradesh

Disability Data

A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Language

English EN नेपाली NE
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal (NFDN)
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-5331159, 014587341
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our Works
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
Search