राष्ट्रिय जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षकहरु संग अपाङ्गताको सवाल विषयक कार्यशाला सम्पन्न
मिति २०७७- १०-०८
मलाई गणना गर , हामीलाई समाबेश गर भन्ने मुल नाराका साथ सम्पन्न हुन गइ रहेको राष्ट्रिय जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षकहरु संग हिजो मिति २०७७- १०-०८ मा अपाङ्गताको सवाल बिषयक कार्यशाला सम्पन्न भयो । सो कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र केन्द्रिय तथ्यांक बिभागको समन्वयमा सम्पन्न भएको थियो ।
केन्द्रीय तथ्यांक बिभागका उप निर्देशक हेमराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यकम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रिय अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न भहेको थियो । केन्द्रिय तथ्यांक विभागका निर्देशक ढुण्डी लामिछानेले केन्द्रीय तथ्याङ्क विभागले अपाङ्गता भएका व्यक्तिको जनगणनाको लागि गरेको हालसम्मको तयारीको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जनगणनामा अपाङ्गता भएका ब्यक्तिहरुको तथ्यांक संकलनका चुनौती र सम्भावनाहरुको प्रस्तुतीकरण सहित सबै अपाङ्गता बर्गिकरणको टेस्टिमोनीको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघका सल्लाहकार तथा पुर्व अध्यक्ष डा. बिरेन्द्र राज पोख्रेलले गर्नु भएको थियो भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रसासकिय प्रमुख मनीष प्रसाइले राष्ट्रिय जनगणना २०७८ लाइ अपाङ्गता समावेशी बनाउन राष्ट्रिय अपाङ्ग महासंघले समन्वय र सहकार्य गर्न सक्ने क्षेत्रहरू र राष्टिय अपाङ्ग महासंघले तयार पारेको अपाङ्गता समावेशी जनगणना सन्दर्भ पुस्तिका माथि सहभागी हरुलाई सामुहिक छलफल गराई पृष्ठपोषण लिनु भएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय उपाध्यक्ष रमा ढकालले संचालन गर्नुभएको कार्यक्रममा संघीय अध्यक्ष मित्रलाल शर्माले बिकासको मूल धारमा समेटिन नसक्नुको मुख्य कारण जनगणना हो जुन हाल देश भरिका अपाङ्गता भएका व्यक्तिहरुले महसुस गरेका छन् र आगामी जनगणना लाइ पहिलो प्राथमिकतामा राखेर सफतलापुर्वक सम्पन्न गराउन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जिम्बेवारी ढंगले अगाडी बढ्ने कुरा प्रस्ट्याउनु भएको थियो ।
![Representatives from CBS and national trainers in the disability workshop-National census 2021](https://nfdn.org.np/wp-content/uploads/2021/01/1611297159713-1024x766.jpg)
![](https://nfdn.org.np/wp-content/uploads/2021/01/1611297221624-1-1024x766.jpg)