समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम चितवनमा सम्पन्न

मिति २०७७ साल चैत्र ८ – १० गतेसम्म राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र  माइराईट नेपालको सहकार्यमा  अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघसंस्थाहरुमा क्रियाशिल रहनुभएका सातै प्रदेशका ३९ जना महिला सहित ७९ जना दशै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरु र अभिभावकहरुलाई  समावेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) प्रदान गरेको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २० औँ साधारणसभा चितवनको भरतपुरमा सम्पन्न

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले २०७७ साल चैत्र ७ गते चितवनमा अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय भेला तथा संस्थाको २० औँ साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाकै क्रममा देशभरिबाट उपस्थित महासंघका सदस्य संस्थाका प्रतिनिधिहरूको भेलाको अवसर पारी महासंघले अपाङ्गता भएका व्यक्तिका जल्दा बल्ला सवालहरूमा छलफल गरि २० बुँदे चितवन घोषणापत्र समेत जारी गरेको छ । देशभरीबाट महासंघमा…

“पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त” सम्बन्धी पोखरा र सुर्खेतमा दुईदिने तालिम

२०७७ साल चैत २ गण्डकी प्रदेशको राजधानी पोखरा र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालिम चैत १ आइतबारदेखि सुरु भएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र सिबिएमको साझेदारीमा कार्यान्वयन भईरहेको “हामीलाई पनि समावेश गर” नामक परियोजना अन्तर्गत यस तालिम आज २०७७ साल चैत २ मा सम्पन्न भएको छ…

पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम

मिति : २०७७,  फागुन  १९ र २० गते अपाङ्गता भएका ब्यक्तिहरु द्वारा संचालित संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि पुनर्स्थापना सम्बन्धि २ दिने अभिमुखिकरण लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ। पुनर्स्थापना सेवा एकीकृत गर्न स्थानिय तहको नीति, योजना र बजेटमा वकालत गर्न क्षमता अभिवृद्धि गर्ने र स्वास्थ्य तथा पुर्नस्थापनाको बारेमा साझा धारणा निर्माण गर्ने…

अन्तरकृयात्मक कार्यक्रम: पहुँचयुक्तता सम्बन्धी भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ र राष्ट्रिय भवन संहिता (आर्किटेक्चरल कोड २०६) को संशोधन

पहुँचयुक्तता सम्बन्धी भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ र राष्ट्रिय भवन संहिता (आर्किटेक्चरल कोड २०६) को संशोधन सम्बन्धी छलफल गर्न “संवाद कार्यक्रम: नेपालमा पहुँचयुक्तता सम्बन्धी मापदण्डको संशोधन” आयोजना गरियो। काठमाडौंमा १४ जना प्रादेशिक सरकारी प्रतिनिधिहरु (पहुँचयुक्तता सम्बन्धी निर्णयकर्ता र प्राविधिक व्यक्तिहरू) लाई भेला गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र सीबीएमको साझेदारीमा यस कार्यक्रमको…