विशेष शिक्षाको व्यवस्था (कानुन तथा नीतिमा व्यवस्था भएअनुसार सञ्चालित कार्यक्रम)

सुविधा : यो विशेष पद्धति र ढाँचामा शिक्षा दिन आवश्यक पर्ने अपाङ्गता भएका बालबालिकाको सिकाइसम्बन्धी आवश्यकता सम्बोधन गर्दै उनीहरूलाई शिक्षाको समान अवसर प्रदान गर्नका लागि सञ्चालित शिक्षा कार्यक्रम हो । सुविधाको हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरणअन्तर्गत समेटिने विशेष शिक्षाको सुविधा दिन आवश्यक भएका (खास गरेर बहिरा, दृष्टिविहीन, बौद्धिक अपाङ्गता भएका) बालबालिका/व्यक्तिहरू…

परीक्षामा थप समय उपलब्ध गराइने

सुविधा : अपाङ्गताका कारण शारीरिक अङ्गमा आएको कार्य सीमितता वा आङ्गिक क्रियाशीलतामा आएको ढिलाइका कारण कुनै अपाङ्गता भएको विद्यार्थीले सामान्यतया परीक्षाका लागि तोकिएको समयभित्र परीक्षा दिन भ्याउँदैन र केही थप समय आवश्यक छ भन्ने ठहर भएमा त्यस्ता अपाङ्गता भएका विद्यार्थीलाई बढीमा एक घन्टा तीस मिनेटसम्म समय थप गर्न सकिने व्यवस्था छ । सुविधाको हकदार :…

परीक्षामा सहयोगीको व्यवस्था (Writers in Examination for Visually Impaired Students)

सुविधा : दृष्टिविहीनहरूलाई परीक्षा दिँदा सहयोगी राखेर लेख्न पाउने व्यवस्था गरिएको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणले समेटेका दृष्टिविहीन परीक्षार्थीहरू । सुविधा प्रदान गर्ने निकाय : आफूले अध्ययन गरिरहेको विद्यालय वा परीक्षा केन्द्रका केन्द्राध्यक्ष । सुविधा प्राप्त गर्ने प्रक्रिया : परीक्षामा आफूलाई सहयोगी राखेर लेख्नुपर्ने आवश्यक भएको कारण खुलाई…

कक्षा १ देखी ८ सम्मका अपाङ्गता भएका वालवालिकाको लागि छात्रवृत्तिको व्यवस्था (Scholarships for Class 1-8 students)

सुविधा : विद्यालय स्तरमा छात्रवृत्तिको व्यवस्था गरी अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्ने व्यवस्था गरिएको छ । यस्तो छात्रवृत्ति उनीहरूका लागि छात्रावासको सुविधा, विद्यालय पोसाक, शैक्षिक सामग्री (कापी, कलम, मसी, यातायात भाडा तथा अन्य मसलन्द आदि) खरिदका लागि प्रदान गरिन्छ । आर्थिक वर्ष २०६८/०६९ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम र वजेट मार्फत…

छात्रवृत्ति सम्वन्धी अन्य व्यवस्था (Other Scholarships Provisions)

सुविधा : कक्षा १ देखी ८ सम्मका विद्यार्थीहरु वाहेक पनि विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षा सम्वन्धि नीति र कानूनमा छात्रवृत्तिको व्यवस्था गरिएको छ । संस्थागत विद्यालयहरुले कूल विद्यार्थी संख्याको ५ प्रतिशत अपाङ्गता भएका विद्यार्थि, गरिव, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ भने विश्वविद्यालय स्तरमा पनि यस्ता छात्रवृत्तिको व्यवस्था गरिएको छ ।…

प्राविधिक शिक्षा तथा तालिममा छात्रवृत्ति (Scholarships for Technical Education and Vocational Trainings)

सुविधा : अपाङ्गता भएका व्यक्तिहरूलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा छात्रवृत्तिको व्यवस्था गरिएको छ । यो सुविधा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सानोठिमी, भक्तपुरबाट प्रदान गरिन्छ । परिषदका आङ्गिक तथा सम्बन्धन प्राप्त संस्थाहरूमा संचालित विभिन्न कार्यक्रममा भर्ना भएका जम्मा ६ जना अपाङ्गता भएका विद्यार्थीहरूलाई निर्वाह स्वरूप प्रतिविद्यार्थी विशेष छात्रवृत्ति स्वरूप रू. ५०००/– (पाँच हजार)…

नेपाल टेलिभिजनमा कार्यरतहरूका लागि छात्रवृत्ति (Nepal Television Scholarships)

सुविधा : नेपाल टेलिभिजनमा कार्यरत अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका छोराछोरीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने प्रावधान रहेको छ । सुविधाका हकदार : नेपाल टेलिभिजनमा कार्यरत अपाङ्गता भएका व्यक्तिहरू सुविधा प्रदान गर्ने निकाय : नेपाल टेलिभिजन सुविधा प्राप्त गर्ने प्रक्रिया : यो सुविधा प्रदान गर्ने प्रक्रिया नेपाल टेलिभिजनले निर्धारण गरेको छ । सो सुविधा प्राप्त गर्नका…

उच्च शिक्षा अध्ययनको लागि अपाङ्गता भएका व्यक्तिहरुको लागि छात्रवृत्ति (Scholarships for Higher Education)

सुविधा : नेपाल सरकारले छात्रवृत्ति सम्वन्धी ऐन २०२१ लाई कार्यान्वयन गर्न वनेको नियमावलीमा प्रतिश्पर्धाको आधारमा छात्रवृत्तिको लागि उम्मेद्वार छनौट प्रक्रियामा अपाङ्गता भएका व्यक्तिलाई आरक्षणको व्यवस्था गरेको छ । सुविधाको हकदार : उच्च शिक्षाको लागि योग्यता पुगेका र नेपाल सरकारको परिभाषा र वर्गीकरण अन्तर्गत पर्ने अपाङ्गता भएका व्यक्ति । सुविधा प्रदान गर्ने निकाय : शिक्षा मन्त्रालय,…

निशुल्क उच्च शिक्षाको व्यवस्था (कानुनद्वारा व्यवस्था गरिएको)

सुविधा : कानुनका आधारमा अपाङ्गता भएका व्यक्तिहरूले निशुँल्क उच्च शिक्षा हासिल गर्न पाउने व्यवस्था छ । सुविधाका हकदार : नेपाल सरकारद्वारा गरिएको अपाङ्गताको परिभाषा र वर्गीकरणअन्तर्गत पर्ने उच्च शिक्षाका लागि योग्यता पुगेका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय – त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू । सुविधा प्राप्त गर्ने प्रक्रिया : आफूले प्राप्त गरेकोअपाङ्गता…

विद्यालयमा निशुल्क शिक्षाको व्यवस्था (कानुनमा व्यवस्था गरिएको)

सुविधा : कानुन अनुसार देशका हरेक सरकारी वा सामुदायिक विद्यालयहरूमा अपाङ्गता भएका बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गरिनुपर्ने व्यवस्था छ। सुविधाका हकदार : नेपाल सरकारको परिभाषा र वर्गीकरणअन्तर्गत पर्ने विद्यालय जाने उमेरका हरेक अपाङ्गता भएका बालबालिका । सुविधा प्रदान गर्ने निकाय : स्थानीय स्तरमा रहेका सरकारी वा सामुदायिक विद्यालयहरू सुविधा प्राप्त गर्ने प्रक्रिया : अपाङ्गता परिचयपत्रको…