आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति
आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संघ संस्थाहरूको एक मात्र राष्ट्रिय स्तरको छाता संस्था हो। वि.सं. २०५० सालमा स्थापित यस संस्थामा हाल ४०० भन्दा बढी सदस्य संस्थाहरू रहेका छन्। जनचेतना तथा सचेतना, जनवकालत, क्षमता विकास र सहकार्य तथा सञ्जालिकरण मार्फत यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकारका लागि विभिन्न कार्यहरू गर्दै आइरहेको छ।
नेपाल सरकारले अन्तरराष्ट्रिय स्तरमा व्यक्त गरेका प्रतिवद्धताहरू, नेपालको सम्विधान, अपाङ्गता भएका व्यक्तिको अधिकार ऐन २०७४ र यसको नियमावलि २०७७ आदिमा भएका प्रावधानहरूको कार्यान्वयन गर्नु सबै तहका सरकारहरूको समान जिम्मेवारि हो भन्ने महासंघ ठान्दछ।
सार्वजनिक सरंचना, सेवा र सूचना सबै नागरिकका लागि पहुँचयुक्त बनाउनुपर्ने दायित्व राज्यको हो। नीति निर्माण तहमा विभिन्न कारणले पछाडि पारिएका समूहको अर्थपुर्ण सहभागिता गराउने र निती, योजना, कार्यक्रम र बजेट निर्माण प्रक्रियालाइ सहभागिता मुलक र समावेशि बनाउनु पर्ने सम्वैधानिक दायित्व बाट कुनै पनि तहको सरकार उम्कन मिल्दैन।
यसै सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुधुरपश्चिम प्रदेश समितिले हाल सञ्चालन गरिरहेको अधिकारमुखि आन्दोलन प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका निम्ति भइरहेको उक्त आन्दोलन प्रति संघिय कार्यालयको पुर्ण समर्थन रहेको जानकारी यसै प्रेस विज्ञप्ति मार्फत गराउन चाहन्छौं।
अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकारको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सञ्चालित यस आन्दोलनका सम्पूर्ण मागहरू यथाशक्य सम्बोधनका लागि हामी सुधुरपश्चिम प्रदेश सरकार समक्ष आग्रह गर्दछौँ। अन्त्यमा यस आन्दोलनले छिट्टै आफ्नो उद्देश्य प्राप्ति गर्नेछ भन्ने विश्वास गर्दछौँ।
…………………………………
सुगम भट्टराई
महासचिव