Similar Posts
कोभिड १९ प्रतिकार्य सम्बन्धी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बनाएको मार्गदर्शन
कोभिड १९ प्रतिकार्य सम्बन्धी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बनाएको मार्गदर्शन संघीय मामिला तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पठाइएको छ । मन्त्रालयले “कोभिड-१९ को विरुद्धको अभियानमा अपाङ्गता सम्वन्धी सरोकारवालाहरुका लागि मार्गनिर्देशन, २०७७” यसैसाथ लिङ्क संलग्न गरिएको छ । सो पत्रमार्फत कोभिड-१९ (COVID-19) महामारी व्यवस्थापनका सन्दर्भमा अपाङ्गता सम्बन्धी सरकारी निकायलगायत सम्पूर्ण सरोकारवालाहरुले निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धी उक्त मार्गदर्शन कार्यान्वयनका लागि अनुरोध भई आएको हुदाँ सो को कार्यान्वयनका लागि निर्देशानुसार अनुरोध छ ।
सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति
अति अशक्त अपाङ्गता भएका ब्यक्ति र ६० वर्ष उमेर नपुगेका एकल महिलाहरुले पाइरहेको सामाजिक सुरक्षा भत्ताका सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १६३ मिति २०७७/४/१६ को परिपत्र अनुसार हाल संशोधन प्रकृयामा रहेको सामाजिक सुरक्षा ऐन, २०७५ संशोधन भएपछि सोही बमोजिम हुने गरी त्यस्ता लाभग्राहीहरुको छुट्टै अभिलेख राखि ब्यवस्थापन सूचना प्रणालीमा नवीकरण गर्नु भन्ने पत्रको आशयले बिगत लामो समयदेखी प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता प्रदानको लागि पुर्व तयारी तथा प्रदान उन्मुख देखिन्छ तर सुनिश्चितता गर्न सक्दैन । यद्यपी सरकारको यो सकरात्मक कदमको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल धन्यबाद ब्यक्त गर्दछ ।
अति अशक्त अपाङ्गता भएका व्यक्ति सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेस बिज्ञप्ती
अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता सामाजिक सुरक्षा नियमावली कार्यान्वयन गर्न भनी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागले मिति २०७६/१२/२६ च.नं १३७० को परिपत्रसँगै रोकिएको सामाजिक सुरक्षा भत्ता सोहि बिभागको मिति २०७७/२/२८ च.नं १५७२ को परिपत्र अनुसार आ.व. ०७६/०७७ को असार मसान्त सम्मको लागि सामाजिक सुरक्षा भत्ता शिर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरि आर्थिक सहायत उपलब्ध गराउने भनि परिपत्र गरि अस्थायी समाधान गरिएको थियो भने सामाजिक सुरक्षा ऐन २०७५ संशोधन गरी स्थायी समाधान गरिनेछ भनी सरकारको प्रतिवद्धता आएको थियो ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली,२०७६
Share this…FacebookPinterestTwitterLinkedinPrintemail अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ को दफा ६० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ । परिच्छेद–१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली,२०७६” रहेको छ । (२) यो नियमावली तुरुन्त…
अन्तरकृयात्मक कार्यक्रम: पहुँचयुक्तता सम्बन्धी भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ र राष्ट्रिय भवन संहिता (आर्किटेक्चरल कोड २०६) को संशोधन
Share this…FacebookPinterestTwitterLinkedinPrintemailपहुँचयुक्तता सम्बन्धी भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ र राष्ट्रिय भवन संहिता (आर्किटेक्चरल कोड २०६) को संशोधन सम्बन्धी छलफल गर्न “संवाद कार्यक्रम: नेपालमा पहुँचयुक्तता सम्बन्धी मापदण्डको संशोधन” आयोजना गरियो। काठमाडौंमा १४ जना प्रादेशिक सरकारी प्रतिनिधिहरु (पहुँचयुक्तता सम्बन्धी निर्णयकर्ता र प्राविधिक व्यक्तिहरू) लाई भेला गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र सीबीएमको साझेदारीमा यस…
अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
Share this…FacebookPinterestTwitterLinkedinPrintemailमिति: १८ मंसिर २०७७ अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ३ डिसेम्बरमा विद्दुतिय (भर्चुअल) माध्यमद्वारा शुभकामना आदानप्रदान कार्यक्रम;सम्पन्न भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतित्यथामा र सचिव याम कुमारी खतिवडाको अध्यक्षतामा भएको…