रुपान्तरण पत्रिका – २०७३ चैत्र अंक, बर्ष २१ अंक ०२
यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्तताको विषयलाई मुख्य सामाग्री बनाईएको छ। बिभिन्न सार्वजनिक संरचनाहरूको पहुँचको स्थिति सम्बन्धी अनुसन्धानात्मक लेख, पहुँचयुक्तता सम्बन्धी फोटो कथा तथा बिभीन्न स्थान बाट संकलन गरिएका असल अभ्यासहरू पनि यस अंकमा समेटिएका छन्। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ।
यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।
यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।
सरोकार राजेशमान के.सी. अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी राष्ट्सङ्घीय महासन्धि, २००६ (UNCRPD- 2006) को धारा १ मा अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सिर्जित विभिन्न अवरोधहरूसँगको अन्तरक्रियाका कारणले समाजमा अन्य व्यक्तिहरूसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गमा सहभागी हुन बाधा भएको व्यक्तिसमेतलाई जनाउँछ भन्ने परिभाषा गरिएको छ । यसबाट के स्पष्ट... सम्पादकीय पहुँचयुक्तता अपाङ्गता भएका व्यक्तिहरूको जीवनका सबै पक्षमा हुने सहभागितामा वृद्धि गर्न र उनीहरूले पाउनु पर्ने सेवा र सुविधाहरू सहज रूपमा प्राप्त गर्नका निम्ति आवश्यक अनिवार्य पूर्व सर्त हो । अर्थात् मानव भएर पाउनु पर्ने सबै अधिकारको उपभोगका लागि पहिला नै तयार गरिनु पर्ने कुनै पनि किसिमको सहज एवम् सकारात्मक सोचाइ, वातावरण, परिस्थिति, प्रणाली वा पद्धति... आफ्ना आवश्यकता आफै पुरा गर्न छेक्छन् पूर्वाधारले फोटो कथा शंकर चैसिर नीतिमा एउटा, व्यवहारमा अर्कै नया संविधान, २०७२ अनुसार अन्य व्यक्तिहरूलाई जस्तै हरेक अपाङ्गता भएका व्यक्तिलाई पनि स्वतन्त्र रूपमा आफ्नो दैनिक जीवन यापन गर्ने अधिकार छ । त्यसका लागि उनीहरूलाई समेत सहज हुने खालका पहुँच-युक्त भौतिक पूर्वाधार एवम् सञ्चार प्रणालीहरूको व्यवस्था गर्नु समाज र राज्यको दायित्व हो । यसै सन्दर्भमा नेपाल सरकारले कम्तीमा पनि... समावेशी शिक्षा कार्यान्वयन सुनिश्चिततामा स्थानीय तह सरोकार गणेशप्रसाद पौडेल, शिक्षा विभाग १. समावेशी शिक्षा शिक्षा बालबालिकाको मौलिक अधिकार हो । मौलिक अधिकार संरक्षणका लागि शिक्षाको सुनिश्चितता अनिवार्य शर्त हो । बालबालिकाका सिकाइ आवश्यकता फरकफरक हुनु प्राकृतिक यर्थाथ हो । फरकपनलाई स्वाभाविकरूपमा स्वीकार गर्नु, सबैका लागि अनुकूल हुने सिकाइ पद्दति विकास गर्नु र सबै बालबालिकालाई सम्मानपूर्वक सिकाइको व्यवस्थापन गर्नुलाई समावेशी शिक्षा भनिन्छ... पहुँचयुक्त बन्दैछन् जाँते गा.वि.स.का सार्वजनिक संरचनाहरू जानकारी जाँते गा.वि.स. का सरकारी तथा गैरसरकारी निकायका भवनहरु रयाम,ढोकाका चुकुल हरु अपाङ्गता मैत्रि थिएन ।अपाङ्गता भएका बालबालिकाहरु बिद्यालयहरु पढन जाँदा एक आर्का कोठामा हिडडुल गर्न असहज भईराखेको थियो । स्थानिय गा.वि.स,स्वास्थ्य चौकी तथा अन्य निकायमा सेवा सुविधा लिन बाट वञ्चित भएको थियो स्थानिय स्तरका विभिन्न सरकारी निकायका भवनहरुको अपाङ्गता मैत्रि सञरचना बारे अनुगमन गरी... कागजमा मात्रै सीमित अपाङ्गतामैत्री संरचना सरोकार कृष्ण खनाल रूपन्देहीको प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयमा अपाङ्गता भएकी महिला 'हाकीम सा’प खोइ’ भन्दै घस्रंदै भित्र छिर्नुभयो । सबै उहाँको अपाङ्गतालार्इ क्वार्क्वार्ति हेरिरहेका थिए । उहाँका साथमा रहेका आफन्त (नाती) ले उहाँलाई प्रशासकीय अधिकृत तुलसीराम भण्डारीकहाँ लग्नुभयो । तल्लो तलामा रहनुभएका प्रशासकीय अधिकृत भण्डारीकहाँ ती महिलाले नमस्कार गर्दै भन्नुभयो–'लौन हाकीम सा’प म... Inside story Pankaj Pradhananga It was 14th May 2014, birthday of Lord Buddha. Nepal was enjoying a public holiday to mark the full-moon day. We were excitedly waiting in Tribhuvan International airport to welcome a globetrotter like no others, Dr. Scott Rains. Scott was traveling solo to Kathmandu all the way from California, San Jose... राष्ट्रिय अपाङ्ग महासंघ नेपालका गतिविधि गतिविधि राजु बस्नेत १. अपाङ्गता अधिकार ऐनलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली निर्माणको लागि सरकारले तदारूकता देखाएको छ र यसको लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले एक समिति गठन गरी उक्त समितिमा राष्ट्रिय अपाङ्ग महासंघलाई महत्वपूर्ण जिम्मेवारीका साथ समावेश गरेको छ । २. सन् २०१६ देखी २०२२ सम्मको लागि शिक्षा विभागले विद्यालय क्षेत्र विकास योजना... राष्ट्रिय अपाङ्ग महासंघको क्षेत्रीय गतिविधि गतिविधि भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ अनुसार रूपन्देहीका भौतिक संरचना र बन्दै गरेका सडक अपाङ्गमैत्री बनाउन पहल गर्ने र अनिवार्य कार्यान्वयन गराउने उद्देश्यका साथ रूपन्देहीका डीपी dpos र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रूपन्देही मा ध्यानाकर्षणपत्र बुझाएको छ । साथै, पश्चिमाञ्चल क्षेत्रका सबै जिल्लालाई अपाङ्गता मैत्री बनाउनका... अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ को संशोधनमा के छ ? दस्तावेज लामो समयको छलफल र परामर्शपछि नेपाल सरकारले यही मिति २०७३ माघ ६ गते अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ लाई समयसापेक्ष हुनेगरी पहिलो संशोधन गरेको छ । संशोधन गरिएको निर्देशिकाको पूर्ण पाठ यस्तो छः अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०७३ प्रस्तावनाः अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ लाई संशोधन...