Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

राष्ट्रिय अपाङ्ग महासंघको क्षेत्रीय गतिविधि

December 13, 2019

गतिविधि

भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ अनुसार रूपन्देहीका भौतिक संरचना र बन्दै गरेका सडक अपाङ्गमैत्री बनाउन पहल गर्ने र अनिवार्य कार्यान्वयन गराउने उद्देश्यका साथ रूपन्देहीका डीपी dpos र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रूपन्देही मा ध्यानाकर्षणपत्र बुझाएको छ । साथै, पश्चिमाञ्चल क्षेत्रका सबै जिल्लालाई अपाङ्गता मैत्री बनाउनका लागि गरेको पहल अनुसार नवलपरासी जिल्लामा फेब्रुअरी १९ तारिक २०१७ र फेब्रुअरी २५ मा कास्की जिल्लामा पनि ध्यानाकर्षणपत्र बुझाई सम्बन्धित सरोकारवाला कार्यालयलाई बाध्यात्मक नियम बनाई कार्यान्वयनका लागि अनुरोध गरिएको छ ।

त्यसैका कारण जिल्ला प्रशासन कार्यालयहरूले सम्बधित कार्यालयलाई परिपत्र गरी कार्यान्वयनको लागि निर्देशन गर्नुका साथै सम्बन्धित कार्यालयहरूले पनि कार्यान्वयनका लागि प्रत्तिबद्घता जनाएका पत्र जिल्ला प्रशासन कार्यालयमा पठाएका छन् ।
यसै सिलसिलामा राजधानी बाहिर पहिलो पटक रूपन्देही जिल्लामा बन्न लागेका अपाङ्गता मैत्री आकासे पुलको निर्माण कार्य समेत सुरु भइसकेको छ ।

१५ दिने कुसन बनाउने तालिम सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर गराउने उद्देश्यका साथ सौ फर्साटिकर अपाङ्ग समन्वयन समितिको आयोजना राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको समन्वय र सौ फर्साटिकर गाउँपालिकाको आर्थिक सहयोगमा १५ दिने कुसन बनाउने तालिम सम्पन्न भएको छ ।
तालिमका १५ जना सहभागीमध्ये ५ जनाले सामूहिक पसल सञ्चालन गरी आत्मनिर्भरताका लागि अगाडि बढिरहेका छन् |

पश्चिमाञ्चल क्षेत्रीय समितिको नवौँ साधारणसभा सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंग नेपाल पश्चिमांचल क्षेत्रीय समितिको नवौ साधारणसभा २०७३/१२/११ र १२ गते बिश्व हिन्दु महासङ्घको सभाहल बुटवलमा सभ्य र भव्यताका साथ सम्पन्न भएको छ |

पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको नवौं साधारण सभामा महासंघको केन्द्रिय अध्यक्ष ज्यू प्रमाण पत्र वितरण गर्दै
तस्विर विवरणः पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको नवौं साधारण सभामा महासंघको केन्द्रिय अध्यक्ष ज्यू प्रमाण पत्र वितरण गर्दै

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीको प्रमुख आतिथ्य तथा क्षेत्रीय अध्यक्ष कल्पना ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभामा अपाङ्गता क्षेत्रमा अमूल्य योगदान गर्नुभएका अग्रजहरूलाई सम्मान गरियो |

पश्चिमाञ्चल क्षेत्रका dpos हरूका प्रतिनिधि, पर्यवेक्षक, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कार्यालय प्रमुख, स्वयंसेवकका साथै पत्रकारको उपस्थितमा साधारणसभा सम्पन्न भयो । साधारणसभामा पश्चिमाञ्चल क्षेत्रका १२३ जनाको उपस्थिति रहेको थियो ।

मध्यमाञ्चल क्षेत्रीय कार्यलयका गतिविधि

मध्यमाञ्चल क्षेत्रीय समितिले नोभेम्बर १८ तारिखका दिन आफ्नो ६ औँ साधारणसभा तथा ५ औँ अधिवेशन भव्यताका साथ काठमाडौँमा सम्पन्न गर्यो ।

अधिवेशनले गंगाप्रसाद वाग्लेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्यो ।कार्य समितिका उपाध्यक्ष्य, सचिव, सह-सिचव र कोषाध्यक्षमा क्रमशः सरिता थापा मगर, सुनिल थापा मगर सचिव, सन्तोष पौडेल, प्रेमकुमारी लिम्बू निर्वाचित हुनुभयो ।त्यसैगरी, कार्य समिति सदस्यमा शान्ति नकर्मी, लक्ष्मी नेपाल, जयप्रकाश ठाकुर, उपेन्द्र राउत, ऋषिराम ढकाल, गर्भेबहादुर मिजार र मिङ्गमा तामाङ चुनिनुभयो ।

अधिवेशनको अघिल्लो दिन अर्थात नोभेम्बर १७ तारिखमा क्षेत्रीयस्तरबाट CRPD छायाँ प्रतिवेदनका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना पनि गरियो । ७४ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका महासचिव राजु बस्नेतले सहजीकरण गर्नुभयो ।

 

मध्यमाञ्चल क्षेत्रीय कार्यक्रमको उद्घाटन गर्दै
तस्विर विवरणः मध्यमाञ्चल क्षेत्रीय कार्यक्रमको उद्घाटन गर्दै

त्यसैगरी, नोभेम्बर १८ तारिखका दिन काठमाडौँमै ४९ जना विभिन्न अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका प्रतिनिधिको उपस्थितिमा समावेशी शिक्षाको महत्व र उनीहरूको भूमिकाबारे प्रष्ट पार्न एक दिने तालिम आयोजना गरियो । तालिममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका उपाध्यक्ष टीकादेवी दाहालले सहजकर्ताको भूमिका निर्वाह गर्नुभयो ।

नयाँ कार्यसमिति, क्षेत्रीय कर्मचारी तथा केही अन्य अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका प्रतिनिनिधिलाई समावेश गरी १९ नोभेम्बरका दिन काठमाडौँमा एक दिने “संस्थागत विकासका लागि सुशासनको महत्व” विषयक कार्यक्रम पनि आयोजना गरियो । छप्पन्न जनाको सहभागिता रहेको त्यस कार्यक्रमाको प्रमुख उद्देश्य नयाँ कार्समितिलाई संस्थागत विकासका लागि सुशासनको महत्व बुझाउनुका साथै राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको इतिहास, भावी कार्यक्रम तथा यसका नीति नियम प्रष्ट पार्नु पनि थियो ।

तालिममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले महासङ्घको इतिहासबारे छोटो जानकारी दिनुका साथै महासङ्घ अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकार प्राप्तिका लागि किन आवश्यक छ र यसमा अभियानकर्ताको भूमिका किन महत्वपूर्ण छ भन्ने बताउनुभयो ।
त्यसैगरी, महासचिव राजु बस्नेतले महासङ्घका नीति नियमबारे जानकारी प्रादान गर्नुभयो ।

त्यही कार्यक्रममा माइ राइट्स नेपाकका प्रतिनिधि शिव रायमाझीले सुशासन र संस्थागत विकासमा यसको आवश्यकता किन महत्वपूर्ण छ भन्ने जानकारी गराउनुभयो ।

 

निर्वाचनमा अपाङ्गता सम्बन्धी अन्तरक्रिया गर्दै
तस्विर विवरणः निर्वाचनमा अपाङ्गता सम्बन्धी अन्तरक्रिया गर्दै

२५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्य पारी डिसेम्बर २ तारिखका दिन मकवानपुर जिल्लाको हेटौँडामा अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका प्रतिनिधिका लागि समावेशी शिक्षाबारे एक दिने तालिम आयोजना गरियो ।

समावेशी शिक्षाको महत्व र आश्यकतासँगै अपाङ्गता अधिकारकर्मीहरूले यसलाई प्रभावकारी बनाउनका लागि निर्वाह गर्नु पर्ने भूमिकाबारे प्रष्ट पार्न आयोजना गरिएको तालिममा ७० जना सरोकारवालाको प्रतिनिधित्व रह्यो ।तालिममा लेखाजोखा केन्द्र मकवानपुरका जमुना तितुङले सहजीकरण गर्नुभयो ।

त्यस्तै, डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको सार्वजनिक यातायातमा सीट आरक्षण तथा भाडादरमा सहुलियतको विषयलाई लिएर मकवानपुरस्थित हेटौँडा बजारमा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरू र महिला विकास कार्यलय तथा कोसानसँगको सहकार्यमा वृहत र्‌याली आयोजना गरियो ।

त्यस कार्यक्रमका क्रममा लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनमा अपाङ्गता आरक्षण सीटको व्यवस्था भए/नभएको अनुगम गर्नुका साथै त्यस विषयबारे बनाइएको स्टिकर टाँस्ने काम पनि गरियो ।

जिल्ला प्रहरी कार्यलयका प्रतिनिधिको पनि उपस्थित रहेको कार्यक्रममा अब यात्राका क्रममा सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिहरूमाथि दुर्व्यवहार भएमा कारबाही हुने कुराको प्रतिबद्धता पनि प्रहरी निरीक्षकले जनाउनुभयो ।

पुर्वाञ्चल क्षेत्रीय कार्यालयका गतिविधि

अपाङ्गतासम्बन्धी पूर्वाञ्चल मानव अधिकार महाभेला सम्पन्न

राष्ट्रिय अपाङ्ग महासङ्घ पूर्वाञ्चल क्षेत्रीय कार्यालय र संखुवासभा अपाङ्ग सङ्घको संयुक्त प्रयासमा २०७३ फागुन २३ गते संखुवासभा जिल्लामा आयोजित पूर्वाञ्चल मानव अधिकार महाभेला १९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

अपाङ्गताका क्षेत्रमा कार्यरत अधिकारकर्मी तथा सरोकारवालाहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार, त्यस्ता अधिकारको हनन कसरी भइरहेको छ र समाधानमा कसरी सङ्गठितरूपमा अगाडि बढ्ने भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यो महाभेला आयोजना गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको अवस्थाप्रति आम सरोकारवाला संवेदनशील बन्न नसकिरहेको अवस्थामा आयोजित महासभामा पूर्वाञ्चलभरिका अपाङ्गता क्षेत्रमा क्रियाशील अगुवा प्रतिनिधिसमेत लगभग १५० जनाको उपस्थिति रह्यो ।

 

पूर्वाञ्चल स्तरिय मानव अधिकार भेला तथा साधारण सभाको उत्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष श्री सुदर्शन सुवेदी
तस्विर विवरणः पूर्वाञ्चल स्तरिय मानव अधिकार भेला तथा साधारण सभाको उत्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष श्री सुदर्शन सुवेदी

कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय कार्यलयका तर्फबाट समग्र मानव अधिकारको अवस्थाबारेमा क्षेत्रीय अध्यक्ष रामबहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
केन्द्रीय महासचिव राजु बस्नेत संलग्न टोलीले कार्यक्रमको निचोडको रूपमा संखुवासभा घोषणापत्रको मस्यौदा तयार गरेको हो ।

पूर्वाञ्चलमा पहिलो पटक आयोजना गरिएको केन्द्रीय अध्यक्ष र महासचिवसहितको उपस्थितिमा सञ्चालित कार्यक्रमका क्रममा र्‌यालीसहित नगर परिक्रमासमेत गरियो ।

महाभेला आयोजना गर्न सरोकारवाला निकायहरूको पूर्ण सहयोग र समर्थन रह्यो भने स्थानीय सम्पूर्ण सञ्चार माध्यमले कार्यक्रमका बारेमा ठुलो महत्वका साथ आम जनसमुदायमा सूचना प्रवाह गरे ।

कार्यक्रममा लामो समयदेखि अपाङ्गता अधिकारका क्षेत्रमा सक्रिय महिला अधिकारकर्मीहरू विमाला बुढाथोकी (संखुवासभा) र पार्वता श्रेष्ठ (झापा) लाई क्षेत्रीय कार्यालयका तर्फबट उहाँहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान तथा कदरपत्र प्रदान समेत गरियो ।

सुदुरपश्चिमाञ्चल क्षेत्रीय कार्यलयका गतिविधिहरु

सुशासन सम्बन्धी तालिम

राष्ट्रीय अपाङ्ग महासंघ नेपालले एफ.एफ.सँगको साझेदारीमा यस सुदुर पश्चिम विकास क्षेत्रमा रहेका महासघका सदस्य संस्थाका प्रतिनिधि,क्षत्रियकार्यसमितिका पदाअधिकारीहरूलार्इ २ दिने संस्थागत सुशासन , संस्थामा सुशासन कायम गर्नु पर्ने पद्दति र प्रकृयाहरूका बारेमा अवश्यक ज्ञान बझाउन तालिमको अयोजना गरियो । उक्त तालिम पश्चायत महासंघका सदस्य सस्थाहरूमा काम गर्ने कार्यसैलिमा एक रूपता सथै शुसासन पक्षमा राम्रो हुने उद्देश्यले क्षेत्रिय कार्यालयको अयोजनामा मिति २०७४असोज ७ र ८ गते महेन्द्रनगरमा सु.प. विकास क्षेत्रका ९ जिल्लाबाट २० वटा संस्थाहरूबाट जना ६ महिला २३ जना पुरूष जम्मा २९ जनाको सहभिगतामा उक्त तालिम समन्न भएको थियो ।

समावेशी शिक्षासम्बन्धी तालिम

एफ.एफ को सँगको साझेदारीमा क्षेत्रीय सुरुद पश्चिमाञ्चल कार्यालयको आयोजनामा मिति २०७३।०९।१०।११ गते कैलाली जिल्लाको धनगढीमा स्थानीय बिधालयमा अपाङगता भएका बालबिलकाहरूका लागि CRPD धारा २४ अनुकुल समावेशी शिक्षालार्इ पबध्दन गर्ने उद्देश्यले बिधालय शिक्षक , बिधालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिहरूलार्इ समावेशी शिक्षा सम्बन्धि २ दिने तालिम सम्पन्न गरियो । उक्त तालिममा कैलाली ७ , कञ्चनपुर जिल्ला ६ वटा बिधालयहरूबाट ३० जनाको सहभागिता रहेको थियो ।

यसैगरि यही मिति २०७३।०९।१४र१५ गते कैलाली जिल्लाको टिकापुरमामा स्थानीय अपाङगता भएका व्यक्तिहरूका संस्थाका पदाधिकारीलार्इ अपाङगता भएका बालबिलकाहरूलार्इ लागि समावेशी शिक्षालार्इ प्रबध्दन गर्न जिल्ला स्तरमा समावेशी शिक्षाको वातावरण तयार गर्न सम्बन्धित निकायहरूसंग पैरवी र समन्वय गर्ने उद्देश्यले राष्ट्रीय अपाङ्ग महासंघ नेपालका सदस्य संस्थाहरूका पदाधिकारीहरूलार्इ समावेशी शिक्षा सम्बन्धि २दिने तालिम सम्पन्न गरियो । उक्त तालिममा सुदुर पश्चिमका ९ जिल्लाबाट ३० जनाको सहभागिता रहेको थियो ।

CRPD छाँया प्रतिवेदनका लागि सुझाव संकलन

यस क्षेत्रमा क्रियाशिल अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका प्रतिनिधिहरू, सरोकारवाला सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागितामा १ दिने क्षेत्रीयस्तरी CRPD छाँया प्रतिवेदनका लागि सुझाव संकलन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरियो ।

उक्त कार्यक्रममा ३४ जना सहभागीहरू उपस्थित भएका थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका बरिष्ट उपाध्यक्ष श्री देवी बहादुर पोखरेलले सहजिकरण गर्नु भएको थियो ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका गतिविधि

ह्विलचियर दौड प्रतियोगीता

अपाङ्गता भएका व्यक्तिहरुमा अन्तर्निहित क्षमता विकास गर्ने उद्देश्यका साथ २०७३ मंसिर ५ (२० नोभेम्बर २०१६) मा नेपालगञ्जको खेलकुद रंगशालामा ५०० मिटरको ह्विलचियर दौड प्रतियोगिता आयोजना गरियो ।

मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति र क्रियटिभ्स ह्याण्डको आयोजनामा तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय र यस बाँके जिल्लामा क्रियाशिल बिभिन्न संघ संस्था लगाएत महासंघमा आबध्द संस्थाहरुको सहआयोजनामा दोस्रो म्याराथुन दौड २०१६ अन्तर्गत यो कार्यक्रम आयोजना भएको थियो ।

 

ट्राईसाइकल प्रतियोगिताका विजेताहरु तस्विर खिचाउदैं
तस्विर विवरणः ट्राईसाइकल प्रतियोगिताका विजेताहरु तस्विर खिचाउदैं

सि आर पि डि को धारा ३० मा उल्लेख भए बमोजिम हय क्षेत्रीय कार्यालयले समन्वय तथा सहकार्य गरेर प्रतियोगितामा ह्विलचियर प्रयोगकर्ता शारीरिक अपाङ्गता भएका व्यक्तिहरु दयाराम अधिकारी, यज्ञबहादुर खत्री, कलमबहादुर बस्नेत, थमन चौधरी र मस्तराम विश्वकर्माले प्रतिस्पर्धा गर्नुभयो ।

उक्त प्रतियोगितामा कलम बहादुर बस्नेत प्रथम, नन्कु चौधरी दोस्रो, र यज्ञ बहादुर खत्री तेस्रो भई क्रमश प्रथम, दोस्रो र तेस्रो नगद रू ५,०००।-,३,०००।– र २,०००।– गरी मेडल र प्रमाण पत्र सहित विजेताहरुले पुरस्कार प्राप्त गरेका थिए ।

यसै कार्यक्रमका क्रममा अपाङ्गता भएका बालकहरु सञ्जिव चौधरी, विष्णु बिक र शिवराज बिकले नेपाली आधुनिक गीत गाएर दर्शकलाई मनोरञ्जन गराउनुभयो । उहाँहरुलाई प्रोत्साहनस्वरुप प्रतिव्यक्ति ५०० रुपिँयाका दरलर् क्षेत्रीय कार्यालयले उपलब्ध गरायो ।

यसै कार्यक्रमका क्रममा दृष्टिविहिन अपाङ्गता भएका बालकहरु सञ्जिव चौधरी, विष्णु बिक र शिवराज बिकले नेपाली आधुनिक गीत गाएर दर्शकलाई मनोरञ्जन गराउनुभयो । उहाँहरुलाई प्रोत्साहनस्वरुप प्रतिव्यक्ति ५०० रुपियाँका दरले क्षेत्रीय कार्यालयले उपलब्ध गरायो ।

यस कार्यक्रमका सबै व्यवस्थापन क्षेत्रीय कार्यालयले गरेको थियो । यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुले सही अवसर पाए आफ्ना क्षमता देखाउन सक्छन् र अपाङ्गता भएका व्यक्तिहरुमा पनि क्षमता हुन्छ भन्ने सन्देश जन मानसमा पुर्याउन सहयोग गरेको निष्कर्ष निकालिएको छ ।

दर्शकले यस कार्यक्रममा मनोरञ्जन लिइरहेको देखियो भने उनीहरुले राम्रा प्रतिक्रिया पनि व्यक्त गरे ।

शाखा गठन एवं राहत प्रदान

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयको समन्वय र श्री राधा मानव समिति नेपालले २०७३ माघ ६ (१९ जनवरी २०१७ ) मा अति गरिब दृष्टिविहिन र बहिरा अपाङ्गता भएका ३४ जना बालबालिकाहरुलाई राहत सामग्री वितरण गरियो ।

श्री राधा मानव समिति नेपालको शाखा गठन कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समिति नेपालले एउटा कम्बल प्रदान गरिएको थियो ।

प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्त र विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी उपरीक्षक टेकप्रसाद राई रहनुभएको कार्यक्रमको समन्वय महासंघको क्षेत्रीय कार्यालयले गरेको थियो ।

राहत प्रदान गरिएको बालबालिका स्रोत विद्यालय श्री लग्दहवा मावि नेपालगञ्ज, आवसीय विद्यालय श्री नेरा आदर्श निमावि डीगाउँ खजुरा र श्री त्रिभुवन उमावि कोहलपुर बाँकेमा अध्ययनरत छन् ।

वार्षिक साधारणसभा

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयको १५ औँ वार्षिक साधारण सभा मिति २०७३ चैत्र १७ गते (३० मार्च २०१७) मा आयोजना गरियो ।

 

मध्यमाञ्चल क्षेत्रीय कार्यालयको १५‌ अौँ वार्षिक साधारण सभा
तस्विर विवरणःमध्यमाञ्चल क्षेत्रीय कार्यालयको १५‌ अौँ वार्षिक साधारण सभा

त्यस अवसरमा क्षेत्रीय कार्यालयका सचिव र कोषाध्यक्षले आ.व.२०७२-०७३ को कार्यप्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरियो ।

महासंघका केन्द्रिय महासचिव राजु बुस्नेतको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उद्घाटन कार्यक्रममा महासंघका केन्द्रिय सदस्य देवीदत्त आचार्य, शिशिर खनाल, जमुना तितुङ्ग, निर्मलकुमार श्रेष्ठ, सुदुर पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अध्यक्ष भीम शाह, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, गैसस कार्यालय, पत्रकारलगायत सदस्य संस्थाहरुबाट गरी ८७ जनाको उपस्थिति रहेको थियो ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search