बहिरा महिलाको हत्या सम्बन्धी प्रेस विज्ञप्ती
०७९/०८०/१२
समाजमा हरेक कुनै न हिसावले मानिसको एक अर्काप्रति सामाजिक दायित्व हुन्छ । दृष्टिकोणजन्य सोचका कारण पछाडी परेका अपाङ्गता भएका नागरिकहरुप्रतिको कर्तव्य बिर्सेर लमजुङको सुन्दरबजार नगरपालिका १ कुन्छामा एक २८ वर्षीया बहिरा युवतीको करणीपछि हत्या भयो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ।
गत साउन १० गते मंगलबार साँझ ६ बजेतिर दिदीको घरबाट निस्केकी उनको त्यही राती बलत्कार पछी हत्या भएको अनुमान छ । हत्याको आरोपमा स्थानीय राम सुनार हाल प्रहरी हिरासतमा छन । दोसिमाथी कडा भन्दा कडा कार्वाही गरी पिडितलाई क्षतिपुर्ति दिन सम्बद्ध निकायसँग राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जोडदार माग गर्दछ ।
मिति २०७९/०४/१३
राजु बस्नेत
महासचिव