सि.आर.पि. डि अनुगमन औजार (Tools) को मस्यौदामा पृष्ठपोषण कार्यशाला
नेपालमा अपाङगता भएका व्यक्तिहरुका लागि अधिकार ऐन, कानुन , नीति सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरु बनेको छ । अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको सन् २००९ डिसेम्बर २७ मा नेपाल पक्ष राष्ट्र भए संगै महासन्धीको अनुमोदन भएको १२ वर्ष विति सकेको छ । अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासंन्धीको कार्यन्वयन भए नभएको भन्ने जानकारी प्रयाप्त छैन । यसै सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी (UNCRPD) को कार्यान्वयन मापन गर्नको सि.आर.पि. डि अनुगमन कार्यको परिकल्पना गरेको छ ।
यस सि.आर.पि. डि अनुगमनको लागि सि.आर.पि. डि अनुगमन औजार (Tools) निर्माण कार्य देखि तालिम प्रदान गर्न र अनुगमनको लागि अनुगमन समुह परिचालन गर्न महासंघले क्रमबद्ब योजना बनाएको छ । सि.आर.पि. डि अनुगमन गर्नुको मुख्य उद्देश्य सि.आर.पि. डि कार्यावन्यनको अवस्था र खाडल पहिचान गर्न र सि.आर.पि. डि को प्रभावकारी कार्यवन्यन गर्न र गराउन राज्य पक्षलाई सघाउनु रहेको छ । अपाङ्गता भएका व्यक्तिको समावेशीताको लागि नेपाल सरकारले केही प्रयास गरेता पनि सि.आर.पि. डि कार्यावन्यनलाई थप प्रभावकारी गर्न राष्ट्रिय अपाङ्ग महासँघ- नेपाल द्वारा सञ्चालित “समावेशीकरणको लागि कृयाशिलता” नामक परियोजना अन्तरगत सि. आर. पि. डि. अनुगमनका लागि प्राविधिक समुहले सि.आर.पि.डि अनुगमन औजार (Tools) को मस्यौदा निर्माण गरेको छ । यस मस्यौदालाई अन्तिम रुप दिन महासंघले सि पृष्ठपोषण कार्यशाला २५ जुलाई २०२२ (तपसिल साउन ९ , २०७९) मा हार्दिक होटल, बागबजार काठमाडौंमा आयोजना गरेको थियो।
यस कार्यक्रममा महासंघको संघीय कार्य सम्पादन समिति, अपाङ्गता भएका व्यक्तिहरुको वर्गिय संस्थाको प्रतिनिधि, सि.आर.पि. डि समिति, संघीय क्षमता अभिबृद्धि कार्यदल लगायत परीयोजना संचालन समिति गरी जम्मा ४५ ( महिला १९ ,पुरुष २६, अपाङ्गतम भएका व्यक्ति ३३ र अपाङ्गता नभएका व्यक्ति १२) जना सहभागि हुनु भएको थियो । यस सि.आर.पि. डि अनुगमन औजार (Tools) को मस्यौदा पृष्ठपोषण कार्यशालामा सहभागी सम्पुर्णको सक्रिय सहभागिता रहेको थियो भने सबैजनाले उक्त औजारमा पृष्ठपोषणहरु दिनु भएको थियो । त्तपश्चात, अबको अर्को प्रकृयालाई सघाउन यस कार्यशालाबाट आएका पृष्ठपोषणहरुमा ध्यान गर्दै महासंघले सि.आर.पि. डि अनुगमन औजार (Tools)को अन्तिम रुप दिने र संघ तथा प्रदेशको लागि अध्ययन गर्न तथा प्रयोग गर्न र प्रभावकारी बनाउने प्रतिबद्धताका साथ कार्यशाला सफलता पुर्वक सम्पन्न भएको थियो ।
केही फोटोहरुः