महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ‘अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस’ मनाउन मूल आयोजक समितिको बैठक आज मंसिर ९ गते राष्ट्रिय महिला आयोगको कार्यालय, भद्रकाली काठमाडौंमा सम्पन्न भयो ।
अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्बर, २०१९ लाई भव्यताका साथ मनाउनका लागि राष्ट्रिय नारा, सहायक नाराहरु तथा कार्ययोजनाहरु तय गर्ने उद्देश्यले मूल आयोजक समितिको प्रथम बैठक बसेको हो । बैठकमा मूल आयोजक समितिबाट विभिन्न प्रास्तावनाहरुमा छलफल गरिएको थियो । यस वर्षको अन्तर्राष्ट्रिय नारा, “Promoting the participation of persons with disabilities and their leadership: taking action on the 2030 Development Agenda” हो भने राष्ट्रिय नारा, “दिगो विकासको लक्ष्यः अपाङ्गतामैत्री भविष्य” तय भएको छ ।
समितिका अध्यक्ष माननीय मन्त्री ज्यूले यस वर्षको अपाङ्गता दिवस भव्य र सभ्य बनाउनका लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो । साथै समितिको सचिवालयका संयोजक तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्मा ज्यूले अपाङ्गता दिवसको अवसरमा आयोजना हुने सप्ताहव्यापी कार्यक्रमहरुमा सबैको सहभागिताको लागि आवह्न गर्नुभएको थियो ।