अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७  नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि २००६ एवं स्वेच्छिक प्रोटोकल २००६ १३ डिसेम्बर २००६ मा संयुक्त राष्ट्र संघको ६१ औं महासभाबाट पारित भएको हो । नेपालको व्यवस्थापिका संसदद्वारा सन २००९ डिसेम्बर २७ मा अनुमोदन गरीएको हो । प्रस्तावनाः प्रस्तुत महासन्धिका पक्ष राष्ट्रहरु, (क) मानव परिवारका सम्पूर्ण सदस्यहरुको नैसर्गिक मर्यादा र मूल्य तथा समान र अहरणीय…

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७५

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको ऐन अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ । यस संसोधन एेनलाई डाउनलोड गर्न निम्न लिङ्कहरूको प्रयोग गर्नुहोला। डाउनलोड लिङ्क  PDF Format मा डाउनलोड गर्नुहोस्  MS Word मा डाउनलोड गर्नुहोस्

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४

पाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि विधेयक २०७४ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट २०७४ असोज २९ गते प्रमाणिकरण भएसँगै यो विधेयक अब अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन मा परीणित भएको छ। यसो भएसगैं नेपालको अपाङ्गता आन्दोलनमा एउटा महत्वपुर्ण कदम थपिएको छ । यस एेनको पुर्णपाठ (पहुँचयुक्तरूपमा समेत) निम्नअनुसार रहेको छ। Microsoft Word Format मा डाउनलोड गर्नुहोस्…

अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सन् २००६) ले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र गरिमाको संरक्षण सुनिश्चित गरेको तथ्यलाई हृदयंगम गर्दै आमसञ्चार प्रक्रियाका क्रममा अक्षर, वचन वा दृश्यद्वारा अपाङ्गता भएका व्यक्तिको अधिकार र गरिमामा आँच आउने शब्द, शब्दावली, तस्वीर वा भाषा प्रयोग नहोस् वा आशय प्रकट नहोस् भन्ने ध्येयका साथ आमसञ्चारमाध्यम तथा पत्रकारले…

अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०७३

यो संशोधनलाई PDF फर्माटमा डाउनलोड गर्नहोस्  प्रस्तावनाः अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण निर्देशिका, २०६५ लाई संशोधन गर्न वाञ्छनीय भएकाले १.संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम “अपाङ्गता भएका व्यक्तहरुको परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०७३” रहेको छ । (२) यो निर्देशिका नेपाल सरकार, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट स्वीकृत भएपछि लागु हुनेछ ।…

अपाङ्गता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति, २०७३ (Inclusive Education Policy for Persons with Disabilities)

शिक्षा पाउनु सबै बालबालिकाको अधिकार हो।नेपालको संविधानले सामाजिक न्याय स्थापित गर्न समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ साथै प्रत्येक नागरिकलाई अनिवार्य र निःशुल्क आधारभूत शिक्षा पाउने हकको व्यवस्था गरेको छ।नेपालले बाल अधिकार महासन्धि सन् १९८९ तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि सन् २००६ अनुमोदन गरेको छ।यसै गरी सबैका लागि…

Accessible Physical Structure and Communication Service Directive for People with Disabilities 2013

This directive has stated mandatory provisions for making public places accessible for people with disabilities both physically and also in terms of communication. This directive has also stated the proper dimensions on making diiferent structures accessible for people with disabilities. This directive was approved by Government of Nepal (Council of Ministries) on February 17, 2013…

अपाङ्गता स्रोत पुस्तिका: कानुनमा व्यवस्था भएका सेवा, सुविधा र अवसर

अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई राज्य तथा गैरसरकारी क्षेत्रबाट प्रदान गरिएका सेवा, सुविधा, अवसर र यससँग सम्बन्धित कानुनी व्यवस्थाका बारेमा सुसूचित गराई अधिकार उपभोगमा सघाउ पुर्याउने तथा अपाङ्गता विषयको मूल प्रवाहीकरणमा सघाउ पुर्याउने उद्देश्यका साथ यो सामाग्री तयार पारिएको हो। हालसम्म २०७१ साल सम्मका प्रावधानहरू अध्यावधिक गरिएको छ। अपाङ्गता स्रोत पुस्तिकामा भएका सम्पुर्ण व्यवस्थाको…

अपाङ्गता भएका व्यक्तिहरूको लागी पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ (Accessibility Guideline 2013)

नेपाल सरकारको मन्त्रिपरिषद् बाट पारित भएको यो निर्देशिकाले सम्पुर्ण सार्वजनिक भवन तथा स्थलहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूका लागी भौतिकरुपमा पहुँचयुक्त हुनु पर्ने व्यवस्था गरेको छ। यसका साथै संचार सेवामा प्रयोग गरिने प्रविधि तथा साधारण संचार पनि अपाङ्गता भएका व्यक्तिहरूका लागी पहुँचयुक्त हुनुपर्ने उल्लेख छ। यस निर्देशिकामा सार्वजनिक स्थल तथा शौचालयहरू अपाङ्गता भएका व्यक्तिहरूका लागी…