महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धमा ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०७/१५ को निर्णय अनुसार ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा मिति २०७९/०८/१३ र १४ गते हुने गरी मिति परिवर्तन गरिएको व्यहोरा जानकारी गराइन्छ ।

महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धी सूचना

बिगत केही दिनदेखी मुलुकभर परेको अविरहल बर्षाका कारण देशका बिभिन्न सडकहरु अवरुद्ध भइ सामान्य आवागमन समेत अवरुद्ध भइहरेका छन् । यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०६/२२ को निर्णय अनुसार यस्तो अवस्थामा देशभरका सबै प्रतिनिधिहरु महाधिवेशन तथा वार्षिक साधारणा सभामा सहभागी हुन कठिनाइ हुने ठहर गर्दै आगामी मिति २०७९/०७/२१ र २२ गते गर्ने गरी मिति परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

२१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशनका लागि महासंघको सदस्य संस्थाहरुबाट प्राप्त प्रतिनिधीहरुको नामावली

यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्विनी प्रदेश, बाँके जिल्लाको नेपालगञ्जमा हुन गइरहेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशनका लागि महासंघको सदस्य संस्थाहरुबाट भाग लिन आउने प्रतिनिधीहरु र पर्यवेक्षकको नामावली सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । सदस्य संस्थाहरुबाट प्राप्त प्रतिनिधीहरुको नामावली डाउनलोड गर्नुहोस् (पहुँचयुक्त) Namelist of…

२१औँ वार्षिक साधारण सभा तथा ९औँ माहाधिवेशनमा भाग लिने सदस्य संस्थाहरुको नामावली

उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७९ भाद्र २२ को निर्णय अनुसार महासंघको ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा नेपालगञ्जमा आयोजना हुन गइरहेको विदितै छ । उक्त महाधिवेशन तथा वार्षिक साधारण सभामा भाग लिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) को परिच्छेद ३ को दफा ९ अनुसार अनुसार योग्यता पुगेका सम्पूर्ण…

अपाङ्गता मैत्री बिद्युतीय मतदान मेशिन उपलब्ध गराउने सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सूचना ।

अपाङ्गता मैत्री बिद्युतीय मतदान मेशिन उपलब्ध गराउने सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सूचना । पृष्ठभूमी यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्बिनी प्रदेश बाँके जिल्लाको नेपालगञ्जमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१औँ साधारणसभा तथा ९ औँ महाअधिवेशन हुनगैरहेको र उक्त महाअधिवेशनबाट महासंघको नयाँ संघीय कार्यसमितिको निर्वाचन समेत हुने भएको हुनाले मुख्य गरेर निर्वाचनको…

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशन सम्बन्धी सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ अधिवेशन सम्बन्धी सूचना राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशन यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्विनी प्रदेश, बाँके जिल्लाको नेपालगञ्जमा गर्ने निर्णय गरिएको हुनाले महासंघको विधानको परिच्छेद ३ को  दफा ९ अनुसार अनुसार नवीकरण, आवद्धता…