राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशन सम्बन्धी सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ अधिवेशन सम्बन्धी सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशन यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्विनी प्रदेश, बाँके जिल्लाको नेपालगञ्जमा गर्ने निर्णय गरिएको हुनाले महासंघको विधानको परिच्छेद ३ को दफा ९ अनुसार अनुसार नवीकरण, आवद्धता र पुनःआवद्धता सम्बन्धी योग्यता पुगेका सम्पूर्ण सदस्य संस्थालाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
१. साधारणसभा तथा महाधिवेशनमा छलफल तथा निर्णय गरिने प्रस्तावहरू देहायबमोजिम रहेका छन् ।
क. बार्षिक प्रगति प्रतिवेदन
ख. गत आर्थिक वर्षको आर्थिक प्रगति प्रतिवेदन
ग. लेखा परिक्षक नियुक्ति
घ.संघीय कार्यसमितिको निर्वाचन
ङ. विविध
२. साधारणसभा तथा महाधिवेशनमा भाग लिन आउने संस्था र संस्थाका प्रतिनिधिहरूले ध्यान दिनुपर्ने कुराहरू र पुरा गर्नुपर्ने प्रकृयाहरू ।
संस्थाले प्रतिनिधि वा पर्यवेक्षक छनौट गर्दा पुरा गर्नुपर्ने प्रकृयाहरू
१. संस्थाको लेटर हेडमा आधिकारिक हस्ताक्षर र छाप सहित प्रतिनिधि वा पर्यवेक्षकको नाम, लिंग र अपाङ्गता उल्लेख गरि पठाइएको पत्र हुनुपर्ने ।
क्र स | प्रतिनिधिको नाम | लिङ्ग | अपाङ्गता | सम्पर्क नं | कैफियत |
१ | |||||
२ |
२. संस्थाको कार्य समितिले बैठक वसि वहुमतले प्रतिनिधि वा पर्यवेक्षक पठाउने भनि गरेको निर्णयको प्रतिलिपी संलग्न हुनुपर्ने ।
३. महासंघको विधानको दफा ११ (१) मा उल्लेखित प्रावधान अनुसार दुइ जना प्रतिनिधि पठाउने योग्यता पुगेका संस्थाले एक महिला सहित दुइ प्रतिनिधि पठाउनुपर्नेछ । यदि दुवैजना पुरूष पठाएको हकमा एकजनालाइ मात्र प्रतिनिधि कायम गरिनेछ ।
४. कार्य समितिमा वहुमत अपाङ्गता भएका व्यक्ति नभएको संस्थाले १ जना पर्यवेक्षक मात्र पठाउन सक्नेछ ।
५. प्रतिनिधि, पर्यवेक्षक, व्यक्तिगत सहयोगी लगायतका लागि कार्डको व्यवस्था गरिएको हुनाले प्रतिनिधि तथा पर्यवेक्षकहरूले अनिवार्य रूपमा कार्डमा राख्ने पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ । फोटोको पछाडी नाम लेखेर फोटो पठाउनुहुन अनुरोध छ ।
६. यदि कुनै प्रतिनिधि वा पर्यवेक्षकलाइ व्यक्तिगत सहयोगीको जरूरत भएमा सो व्यक्तिगत सहयोगीको नाम, थर र लिंग स्पष्ट रूपमा उल्लेख गरि प्रनितिधिको नामावली पठाउँदा नै साथै पठाउनुपर्ने ।
७. प्रतिनिधिको नाम र सम्बन्धित कागजात २०७९ साल असोज १० गते भित्र nfdn2050@gmail.com इमेल मार्फत महासंघको केन्द्रीय कार्यालयमा आइसक्नुपर्नेछ ।
८. असोज १० भन्दा पछि आएका नामहरूलाई महाधिवेशन वा साधारणसभामा सहभागी गराइनछैन ।
यातायात, खाना तथा आवास सम्बन्धी व्यवस्था
१ . प्रतिनिधि, पर्यवेक्षक र व्यक्तिगत सहयोगीहरूको आते जाते यातायात, बाटोको खाना तथा आवास खर्च राष्ट्रिय अपाङ्ग महासंघले व्यहोर्ने छैन । यस्तो खर्च सम्बन्धित संस्था वा व्यक्तिले व्यहोर्नु पर्नेछ ।
२. प्रतिनिधि तथा पर्यवेक्षकका लागि खाना तथा खाजाको व्यवस्था महाधिवेशनस्थलमा नै गरिनेछ । देहायबमोजिम मितिको खाना महासंघले व्यवस्था गर्नेछ ।
क्र.स | मिति | खाना वा खाजा |
१ | २०७९ साल असोज २६ गते | बेलुकाको खाना |
२ | २०७९ साल असोज २७ गते | विहानको खाजा, दिउँसोको खाना र बेलुकिको खाना |
३ | २०७९ साल असोज २८ गते | विहानको खाजा, दिउँसको खाना र बेलुकाको खाना |
४ | २०७९ साल असौज २९ गते | विहानको खाजा |
३. प्रतिनिधि, पर्यवेक्षक र सहयोगी, दोभाषेहरूको लागि महासंघले महाधिवेशन भएको स्थानमा आवासको व्यवस्था गर्नेछ । यस्तो व्यवस्था असोज २६ गते बेलुका, २७ गते बेलुका र २८ गते वेलुकाको लागि गरिनेछ ।
पहुँचयुक्तता तथा उपयुक्त अनुकुलता
१. कार्यक्रम स्थल स्रोत र साधनले भ्याएसम्म पहुँचयुक्त बनाउने प्रयास गरिनेछ ।
२. बहिरा प्रतिनिधिहरूको लागि कार्यक्रम स्थल र सभा स्थलमा सांकेतिक भाषा दोभाषेको व्यवस्था गरिनेछ ।
३. सुस्त श्रवणहरूको लागि क्याप्सनर वा नोट टेकरको व्यवस्था गरिनेछ ।
४. श्रवणदृष्टिविहीन व्यक्तिको लागि दोभाषेको व्यवस्था गरिनेछ ।
विभिन्न फारमहरु देहायबमोजिम राखिएको छ: