अपाङ्गता मैत्री बिद्युतीय मतदान मेशिन उपलब्ध गराउने सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सूचना ।
अपाङ्गता मैत्री बिद्युतीय मतदान मेशिन उपलब्ध गराउने सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सूचना ।
- पृष्ठभूमी
यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्बिनी प्रदेश बाँके जिल्लाको नेपालगञ्जमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१औँ साधारणसभा तथा ९ औँ महाअधिवेशन हुनगैरहेको र उक्त महाअधिवेशनबाट महासंघको नयाँ संघीय कार्यसमितिको निर्वाचन समेत हुने भएको हुनाले मुख्य गरेर निर्वाचनको प्रयोजनको लागि विद्युतीय मतदान मेसिन (Electronic Voting Machine) प्रयोग गरिने भएको हुनाले सो महाअधिवेशनस्थलमा सो मेसिन उपलब्ध गराइ प्राविधिक सेवा समेत दिनको लागि नेपाल सरकारको कानुन अनुसार भ्याटमा दर्ता भएको, कर चुक्ताको प्रमाणपत्र भएको र नियमानुसार नविकरण भएको योग्य कम्पनी वा फर्मलाइ यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र मुल्य सहितको आशयपत्र (कोटेशन) पेश गर्नुहुन यो सूचना आह्वान गरिएको छ ।
- सेवा प्रदान गर्ने कम्पनी वा फर्मसँग अपेक्षा गरिएको कार्य अनुभव
- कम्पनीसँग विद्युतीय भोटीङ मेसिन निर्माण गर्ने, निर्वाचनको अवधिमा सञ्चालन गर्ने र त्यसको लागि चाहिने प्राविधिक सहयोग उपलब्ध गराउने अनुभव भएको ।
- विभिन्न संघ संस्था वा सरकारले गर्ने निर्वाचनहरूमा विद्युतीय भोटिङ मेसिन उपलब्ध गराएको तथा सञ्चालनमा प्राविधिक सहयोग गरेको अनुभव हुनुपर्ने ।
- अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने संघ संस्थाहरूको निर्वाचन गराएको अनुभव भएको ।
- पहुँचयुक्तता सम्बन्धी अनिवार्य शर्तहरू
- मेसिनमा गरिने कामहरू जस्तै (व्यालेट डिजाइन, उम्मेद्वारको विवरण लगायत) नेपाली भाषामा हुनुपर्ने ।
- राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सञ्चालन गर्ने निर्वाचनमा मतदाताको रूपमा भाग लिन विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू आउने भएको हुनाले विद्युतीय भोटिङ मेसिन शारीरिक अपाङ्गता भएका व्यक्ति, बौद्धिक अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन व्यक्ति, न्युनदृष्टियुक्त व्यक्ति, बहिरा व्यक्ति वा हातले मतदान गर्न अवरोध हुने व्यक्ति लगायत सबैले प्रयोग गर्न मिल्नेगरि पहुँचयुक्त बनाइएको हुनुपर्ने ।
- मेशिनमा मतदान गर्ने स्थानको उचाइ होचापुड्का, ह्वीलचियर प्रयोगकर्ता, वैशाखी प्रयोगकर्ता सबैका लागि सहज हुनेगरि हुनुपर्ने ।
- अनुमानित मतदाताहरूको संख्याः ८०० जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति वा अभिभावक ।
- निर्वाचन हुने दिनः २०७९ साल असोज २८ गते
- लागतमा समावेश गर्नुपर्ने न्यूनतम विषयहरू
- प्रति मेशिन प्रतिदिनको लागत
- जम्मा उपयोग हुने मेशिनको संख्या
- ढुवानी खर्च
- प्राविधिकहरूको खर्च
- प्रस्ताव पेश गर्दा पेश गर्नुपर्ने कागजात
- संस्थाको लेटर हेडमा छाप सहितको पत्र
- आर्थिक लागत विवरण सहितको प्राविधिक प्रस्ताव
- कंपनी भ्याट दर्ता प्रमाणपत्र
- आ.ब. २०७८/०७९ को कर चुक्ता प्रमाणपत्र
- नविकरण गरेको प्रमाण
- प्रस्ताव पेश गर्नुपर्ने निकाय तथा ठेगाना
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, भृकुटीमण्डप, काठमाडौ
इमेलः admin@nfdn.org.np, or accounts@nfdn.org.np
थप जानकारीको लागिः मनिष प्रसाई, प्रशासकीय व्यवस्थापक
फोनः ९८५१२४९३८०