अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको प्रमुख आतिथ्यता र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूको अध्यक्षतामा, मन्त्रालयका सचिव, सहसचिव तथा उपसचिव लगायत विभिन्न प्रतिनिधिज्यूहरु, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष ज्यूहरु,महासंघका देशैभरीका आवद्ध अपाङ्गता क्षेत्रका संघसंस्थाहरु, अपाङ्गताका वर्गीय महासंघ र सदस्य संस्थाहरु स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, महासंघका साझेदार सस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत गैरसरकारी संघ सस्थाहरु, विभिन्न संचारकर्मी ज्यूहरु गरी ३०० जनाको उत्साहजनक सहभागिता रहेको थियो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७  नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ ।

महिला मन्त्रालयले अन्य मन्त्रालयलाई अपाङ्गता मैत्री संरचना बनाउने बारे गरेको परिपत्र

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले नेपाल सरकारका अन्य मन्त्रालयहरूलाई परिपत्र गर्दै “अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९” अनुसार नै ती मन्त्रालय मातहतमा निर्माण हुनेे सबै संरचनाहरूलाई अपाङ्गतामैत्री बनाउनका लागी अनुरोध गरेको छ। महासंघलाई बोधार्थ स्वरूप प्राप्त भएको पत्रलाई यस निर्णय कार्यन्वयन गर्नको लागी पैरवीका लागी प्रयोग गर्न सकिनेछ।यस पत्रको…

अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने?

तपाँइ हामीले जानेर वा नजानेर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरुको मन दुख्ने गरी वा आत्मसम्मानमा ठेस पुग्नेगरी विभिन्न गलत शब्दावलीले सम्बोधन गरिरहेका हुनसक्छौं। तसर्थ यस्ता गल्तीबाट मुक्त हुन निम्न सन्देशमा राम्ररी ध्यान दिनुहोला। यो तालिकालाई PDF फर्म्याटमा डाउनलोड गर्नको लागी यहाँ थिच्नुहोस्। अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने  ? तपाइ हामीले जानेर वा नजानेर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको मन…

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी समितिको -Committee on the Rights of Persons with Disabilities) नेपालको प्रारम्भिक प्रतिवेदनमाथिको समापन मन्तव्य

अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी सम्युक्त राष्ट्रसँघीय समितिले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्ब्न्धी महासन्धिको कार्यान्वयनको अवस्था वारे नेपाल सरकारले पेश गरेको प्रारम्भिक प्रतिवेदन उपर पुनरावलोकन एवम् व्यापक छलफल गरी आगामी दिनमा नेपाल सरकारले गर्नु पर्ने कामका लागि थुप्रै सिफारिश प्रदान गरेको छ । स्विजर्ल्यान्डमा भएको उक्त पुनरावलोकन कार्यक्रममा नेपाल सरकारका विशिष्ठ व्यक्तिहरू लगायत राष्ट्रिय अपाङ्ग…

महासँघको पैरवी अभियानको उपलब्धि: यातायात मन्त्रालयको अपाङ्गतामैत्री निर्णय

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो स्थापनाको २५ औं वर्षको अवसरमा संचालन गरेको पैरवी अभियानले एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। पैरवी अभियान मार्फत महासँघले बुझाएको ध्यानाकर्षण पत्र प्राप्त भएपछि श्री भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहातका निकायहरू यातायात व्यवस्था विभाग, रेल विभाग तथा सडक विभाग लाई पत्र लेख्दै ती निकायबाट निर्माण वा पुननिर्माण हुने…

दिगो विकास लक्ष्यहरु: एक परिचय

दिगो विकास लक्ष्य(एसडीजी)हरूको उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु हो । विश्वका नेताहरूले मानिस, पृथ्वी र समृद्धिका लागि एक कार्ययोजना तयार गरेका छन् । चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेको छ र दिगो विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवश्यकता बनेको छ । यी १७…

अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेलाद्वारा जारी संयुक्त काठमाडौं घोषणापत्र २०१६

यो घोषणापत्रलाई PDF Format मा डाउनलोड गर्नुहोस् यप घोषणापत्रलाई पँहुचयुक्त ढाँचामा तयार पारीएको EPUB Format मा डाउनलोड गर्नुहोस्। यो फाईल पढ्नको लागी तपाईको कम्प्युटर वा अन्य विद्युतीय सामाग्रीमा EPUB रिडरको आवश्यक पर्नेछ।   १२ डिसेम्वर २०१६ अपाङ्गता एउटा अवस्था हो जुन विभिन्न भौतिक, सामाजिक, सञ्चार सम्बन्धी, संस्थागत र दृष्टिकोणजन्य अवरोधहरूको कारणले उत्पन्न हुन्छ र यस…

Joint Kathmandu Declaration Adopted by National Human Rights Summit of Persons with Disabilities

Joint Kathmandu Declaration 2016 Adopted by the National Human Rights Summit of Persons with Disabilities  Download this Document in Accessible PDF Format 12 December 2016   We recognize thatdisability is a condition created by various environmental, social, communicational, organizational and attitudinal barriers and we believe on the new  dimension of the disability that this condition…