धारा ३७ : सीआरपीडी समिति र देशहरूले मिलिजुली काम गर्ने

हरेक देशले समितिसँग मिलिजुली काम गर्ने छन् र आवश्यक पर्ने कुनै पनि सूचना र सहयोग समितिका सदस्यहरूलाई उपलब्ध गराउने छन् । महासन्धिलाई देशहरूमा राम्रोसँग लागू गर्न वा कार्यान्वयन गर्न देशहरूको क्षमता विकास गर्नुपरेमा अन्तर्राष्ट्रिय सहयोग जुटाउनेलगायत अन्य प्रकारका सहयोगहरू गर्न सक्नेछ ।

धारा ३६ : प्रतिवेदनहरू पेश गरेपछि के हुन्छ ?

सीआरपीडी समितिले प्रत्येक देशले पठाएका प्रतिवेदन विस्तृतरूपमा अध्ययन गर्छ । प्रतिवेदनहरू हेरेर प्रत्येक देशलाई आगामी दिनमा महासन्धिलाई अझ राम्रोसँग कसरी लागू गर्ने भन्ने बारेमा लिखित सुझावहरू पठाउँछ । यसरी पठाइएका सल्लाह र सुझावहरूमा देशहरूले कुनै जवाफ दिन चाहेमा दिन सक्छन् । यदि कुनै देशले प्रतिवेदन पठाउन निकै ढिला गरेमा सीआरपीडी समितिले त्यो देशको सरकारलाई चेतावनी…

धारा ३५ : देशहरूले राष्ट्रसंघलाई बुझाउने प्रतिवेदन

व्यक्तिहरूलाई के कति फाइदा भयो र उनीहरूलाई अधिकार दिलाउन सरकारले के के प्रयासहरू गर्‍याे भन्ने बारेमा एउटा निश्चित अवधिमा प्रतिवेदन तयार गरी राष्ट्रसंघको सीआरपीडी समितिमा पेश गर्नुपर्छ । प्रत्येक देशले आफ्नो देशमा यो महासन्धि लागू गरेको २ वर्षभित्र एउटा प्रतिवेदन तयार पारी सीआरपीडी समितिलाई पठाउनु पर्नेछ, त्यसपछि प्रत्येक देशले ४-४ वर्षमा प्रतिवेदन पठाउनुपर्ने छ ।…

धारा ३४ : अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी समिति (सीआरपीडी समिति)

यस महान्धिलाई स्वीकार गरी लागू गर्ने सबै देश मिलेर एउटा समिति चयन गर्नेछन् । यो समिति संयुक्त राष्ट्रसंघमा हुनेछ । त्यसलाई अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी समिति भनिने छ । यस समितिलाई हाल सीआरपीडी समिति पनि भनिन्छ । यो समितिले विभिन्न देशले महासन्धिलाई कसरी लागू गरिरहेका छन् वा छैनन् भन्ने कुरा हेर्छ । महासन्धि ठिक तरिकाले…

धारा ३३ : महासन्धिलाई व्यवहारमा ल्याउने वा कार्यान्वयन गर्ने

देशहरूले – आफ्ना विभिन्न निकायहरूमा अपाङ्गताको विषय हेर्ने छुट्टै निकाय गठन गर्ने, राष्ट्रियस्तरमा अपाङ्गतासम्बन्धी काम गर्ने र विभिन्न निकायबीच समन्वय गर्ने एउटा छुट्टै निकाय निर्माण गर्ने, महासन्धिमा लेखिएका (उल्लेख गरिएका) अधिकारहरू अपाङ्गता भएका व्यक्तिहरूले पाइरहेका छन् कि छैनन् भन्ने कुराको निरन्तर निगरानी र अनुगमन गर्ने उपायहरू निर्माण गर्ने र त्यसका लागि प्रणाली (संयन्त्र) बनाउने, यस…

धारा ३२ : अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिका लागि विभिन्न देशले मिलेर काम गर्ने

यो महासन्धिलाई स्वीकार गरेर लागू गर्ने देशले महासन्धिमा उल्लेख गरिएका अधिकार अपाङ्गता भएका व्यक्तिलाई दिलाउन एक अर्कामा मिलेर र एक अर्कालाई सहयोग गरेर काम गर्नुपर्छः देशहरूले – अपाङ्गता भएका व्यक्तिहरूलाई समेत सहभागी गराएर मिलिजुली गरेर काम गर्ने कुरा सुनिश्चित गर्ने छन् । सबैले एकदम राम्रोसँग काम गर्न सकून भन्नका लागि सूचना आदान प्रदान गर्ने, अनुभव…

धारा ३१ : अपाङ्गतासम्बन्धी सूचना र तथ्याङ्क

यो महासन्धि लागू गर्न आवश्यक पर्ने सबैखाले सूचना र तथ्याङ्कहरू देशहरूले संकलन गर्नुपर्ने छ । यसबाहेक तल लेखिए अनुसारसमेत गर्नुपर्छः व्यक्तिगत सूचनाहरू गोप्य र निजी रहनै पर्नेछ । अपाङ्गता भएका व्यक्तिका व्यक्तिगत सूचनाहरूको दुरूपयोग गर्न पाइँदैन र यस्तो कुरा कानुनमै व्यवस्था गर्नुपर्छ । सूचनाहरूको प्रयोगमा राष्ट्रिय र अन्तर्राष्ट्रिय नियम कानुन र मानव अधिकारसम्बन्धी कानुनहरूमा व्यवस्था…

धारा ३० : चाडबाड मनाउन पाउने र खेलकुद तथा मनोरञ्जनमा भाग लिन पाउने

अन्य व्यक्तिहरूसरह जतिसक्दो धेरै अपाङ्गता भएका व्यक्तिहरूको पनि आफ्नो संस्कृति, चाडबाड मान्न पाउने, खेलहरू खेल्न पाउने र मनोरञ्जन गर्न पाउने अधिकार छ । देशहरूले यो कुरा निश्चित गर्न तल लेखिएका कामहरू गर्नेछन्ः संस्कृति, चाडबाड र मनोरञ्जनका लागि किताब वा पत्रपत्रिका आदि पढ्नका लागि पुस्तकालय सबै अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्न सक्ने हुनुपर्छ । टेलिभिजनमा आउने…

धारा २९ : राजनीति गर्न पाउने

अन्य मानिसहरू जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि राजनीति गर्ने र राजनीतिक क्रियाकलापहरूमा सहभागी हुने बराबर अधिकार छ । अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिसरह भोट दिन (मतदान गर्न) पाउने, चुनावमा उम्मेदवार हुन पाउने, चुनिएर देश र समाजको सेवा गर्न पाउने, विभिन्न पदमा रहेर काम गर्न पाउने अधिकार हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूको राजनीति गर्ने अधिकार सुनिश्चित…