चलानी नंः ०७९/०८०/५७
मिति : २०७९/०६/२२
श्री अध्यक्ष ज्यू,
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु ।
विषय : महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धी सूचना ।
प्रस्तुत बिषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा मिति २०७९/०६/२७ र २८ गते नेपालगञ्जलमा आयोजना गरिएको यस अघी नै जानकारी गराइएको थियो ।
बिगत केही दिनदेखी मुलुकभर परेको अविरहल बर्षाका कारण देशका बिभिन्न सडकहरु अवरुद्ध भइ सामान्य आवागमन समेत अवरुद्ध भइहरेका छन् । यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०६/२२ को निर्णय अनुसार यस्तो अवस्थामा देशभरका सबै प्रतिनिधिहरु महाधिवेशन तथा वार्षिक साधारणा सभामा सहभागी हुन कठिनाइ हुने ठहर गर्दै आगामी मिति २०७९/०७/२१ र २२ गते गर्ने गरी मिति परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
राजु बस्नेत
महासचिव