मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयले गरेको महत्तवपूर्ण निणर्यहरू
मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयको बैठकले गरेको निणर्यहरू
निणर्य नं १. हालै संघीय निर्वाचन आयोग द्वारा संशोधन गरिएको राजनितिक सहभागिता सम्बन्धी कानुनमा २.२% अपाङ्गता भएका व्यक्तिहरुलाई बेवास्ता गरि राजनीतिक क्लष्टरमा नराखेकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचन आयोगको यो अन्यायपुर्ण निर्णयको विरुद्धमा सरोकारवाला संघसंस्थालाई ध्यानाकर्षण पत्र दिने र न्यायका लागि सर्वोच्च अदालतमा रिट दायरा गर्न महासंघका संघीय अध्यक्ष श्री देविदत्त आचार्यलाई अख्तियारी दिने निर्णय गरियो ।
निणर्य नं २. राष्ट्रिय अपाङ्ग महासंघलाई चुस्त र दुरुस्त राख्न एक परियोजना प्राविधिक समुह गठन गर्ने र उक्त समितिको सदस्यमा राष्ट्रिय अपाङ्ग महासंघ सचिवालय सदस्य रमेश पोखरेललाई संयोजक तोकि राष्ट्रिय अपाङ्ग महासंघ सचिवालय सदस्य शिला थापा र महासंघका संघीय सदस्य सावित्रा घिमिरेलाई जिम्मेवारी दिने साथै संघका प्रवक्ताको रुपमा संघीय सचिवालयका सदस्य रमेश पोखरेललाई तोक्ने निर्णय गरियो ।
निणर्य नं ३. महासंघको गतिविधिलाई जनमुखी जवाफदेहि र पारदर्शि बनाउन विभिन्न समितिहरु निर्माण गरी जिम्मेवारी दिने निर्णय गरियो ।
- स्थानिय तह तथा श्रोत परिचालन पैरवी संयोजक: अमर गुरुङ्ग
- समावेशीता कार्यान्वय संयोजक श्री शोभा कार्की
- कृषि तथा सहकारी ईकाई प्रमुख श्री नेत्र सापकोटा
- पारा खेलकुद पैरवी संयोजक श्री कुमार पौडेल
- साँस्कृतिक साँगितिक अधिकार प्रवर्धन संयोजक श्री विर कमल श्रेष्ठ
- पहुँचयुक्त विज्ञ समिति श्री सुगम भट्टराई
- पहुँचयुक्त प्रवर्धन समिति संयोजक श्री शिला थापालाई जिम्मेवारी दिने निर्णय गरियो ।
निणर्य नं ४. हालै नेपाल सरकार तथ्याङ्क विभाग द्वारा प्रकाशित राष्ट्रिय जनगणनाको सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघका आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरियो ।
प्रवक्ता रमेश पोखरेल राष्ट्रिय अपाङ्ग महासंघ संघीय कार्यलय भृकुटिमण्डप, काठमाडौँ