धारा २३ : घरबार र परिवार हुने कुराको सम्मान
अन्य व्यक्तिसरह सबै अपाङ्गता भएका व्यक्तिहरूलाई विवाह गर्ने वा नगर्ने, परिवार बसाउने, नाता सम्बन्ध कायम गर्ने, बाबु वा आमा हुने समान अधिकार छ । देशहरूले अपाङ्गता भएका व्यक्तिहरूमाथि यस्ता अधिकारहरू उपयोग गर्न रोक लगाइएको छ वा भेदभाव गरिएको छ भने त्यसलाई कानुन बनाएर रोक्नुपर्छ । देशहरूले अरू थप निम्न कुराहरू पनि सुनिश्चित गर्नुपर्छः अपाङ्गता…