सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति
अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १३७० मिति २०७६/१२/२६ को परिपत्रको विषयमा राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो आधिकारिक धारणा मिति २०७७/२/७ को प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको हो । उक्त परिपत्रबाट उत्पन्न परिस्थिति र चौतर्फि भएको गुनासोका बारेमा मिति २०७७ जेष्ठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री ज्यूबाट पाइरहेको सामाजिक सुरक्षा भत्ता कटौति नगरिने र यसको दायरा अझ फराकिलो पारिने भनि प्रतिवद्धता व्यक्त भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आम अपाङ्गता भएका ब्यक्तिहरुका तर्फबाट आभार ब्यक्त गर्दछ र साथै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सो प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन होस भन्ने जोडदार माग गर्दछ ।