राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको सम्बोधन (सांकेतिक भाषासहितको भिडियो)

कोरोना भाइरसको विश्वव्यापी महामारी र यसले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई पारेको प्रभावको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माद्बारा गरिएको…

कोभिड १९ प्रतिकार्य सम्बन्धी महासंघको सूचना (सांकेतिक भाषासहित)

कोभिड १९ सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री राजु बस्नेतले सांकेतिक भाषा सहितको भिडियो मार्फत सूचना सन्देश दिनुभएको छ ।  यस सन्देशलाई महासंघको युवटुभ (You tube) मा देहायबमोजिमको लिङ्कमा  पनि गइ जानकारी लिन सक्नुहुनेछ । कृपया यस सूचनालाई सेयर गरी सबैलाई सूसुचित गर्न र गराउन अनुरोध छ । सुरक्षित रहौं । आफु बचौं र अरुलाई पनि बचाऔं ।।

 १३ औं विश्व अटिजम जागरण दिवस सम्बन्धी प्रेस बिज्ञप्ती

आज “बयस्कता उन्मुख रुपान्तरण” भन्ने मुल नाराका साथ २ अप्रिल २०२० लाई १३ औं विश्व अटिजम जागरण दिवसको रुपमा मनाईंदैछ । अटिजम भएका ब्यक्तिमा सामाजिक ब्यवहार, संचारमा एउटै प्रकृया दोहोरिने गर्दछ ।  WHO का अनुसा जन्मिएका शिशुहरु मध्ये १ प्रतिशतलाई अटिजम (Autism Spectrum disorder) को लक्षण देखिन्छ ।  बालिक भन्दा बालकहरुलाई अटिजमको सम्भावना बढी हुने गर्दछ ।  पहिचान, पुनर्स्थापन तथा परामर्श, नियमित थेरापि र हेरचाहको अभावमा अटिजम भएका व्यक्तिहरु स्वास्थ्य, शिक्षा र समुदायमा पूर्ण र सार्थक सहभागीतामा बाधा पुग्दछ अन्तत: उनीहरुलाई बोझको रुपमा हेरिन्छ ।

कोभिड १९ सम्बन्धी सूचना !

कोभिड १९ कोरोना भाइरस बिरुद्ध मानव स्वास्थ्यका लागि सरकारको तर्फबाट घोषणा गरिएका राहत प्याकेजहरुहरुले के कसरी सम्बोधन गर्ला त्यो हेर्न बाँकी नै छ ।  तर भर्खरै सबै प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुलाई हुने गरि बिषेश गरी पहुँचयुक्त (सांकेतिक भाषा, अडियो, सचित्र सरल भाषा) सूचनाको कमीले ठुलो समुदाय जानकार छैन । हेमोफेलिया अपाङ्गता भएका ब्यक्तिहरुका लागि फ्याक्टरको कमीका कारण जुनसुकै अवस्थामा पनि ज्यान गुमाउनु पर्ने अवस्था छ । यस्तो बिषम परिस्थितिमा अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय नगर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई थप आउन नदिनु अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय गर्नु हाम्रो दायित्व हो । अपाङ्गता भएका ब्यक्तिहरुलाई केही समस्या परे तपसिलमा उल्लेखित मोबाइल नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।