कोभिड १९ प्रतिकार्य सम्बन्धी महासंघको सूचना (सांकेतिक भाषासहित)

कोभिड १९ सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री राजु बस्नेतले सांकेतिक भाषा सहितको भिडियो मार्फत सूचना सन्देश दिनुभएको छ ।  यस सन्देशलाई महासंघको युवटुभ (You tube) मा देहायबमोजिमको लिङ्कमा  पनि गइ जानकारी लिन सक्नुहुनेछ । कृपया यस सूचनालाई सेयर गरी सबैलाई सूसुचित गर्न र गराउन अनुरोध छ । सुरक्षित रहौं । आफु बचौं र अरुलाई पनि बचाऔं ।।

 १३ औं विश्व अटिजम जागरण दिवस सम्बन्धी प्रेस बिज्ञप्ती

आज “बयस्कता उन्मुख रुपान्तरण” भन्ने मुल नाराका साथ २ अप्रिल २०२० लाई १३ औं विश्व अटिजम जागरण दिवसको रुपमा मनाईंदैछ । अटिजम भएका ब्यक्तिमा सामाजिक ब्यवहार, संचारमा एउटै प्रकृया दोहोरिने गर्दछ ।  WHO का अनुसा जन्मिएका शिशुहरु मध्ये १ प्रतिशतलाई अटिजम (Autism Spectrum disorder) को लक्षण देखिन्छ ।  बालिक भन्दा बालकहरुलाई अटिजमको सम्भावना बढी हुने गर्दछ ।  पहिचान, पुनर्स्थापन तथा परामर्श, नियमित थेरापि र हेरचाहको अभावमा अटिजम भएका व्यक्तिहरु स्वास्थ्य, शिक्षा र समुदायमा पूर्ण र सार्थक सहभागीतामा बाधा पुग्दछ अन्तत: उनीहरुलाई बोझको रुपमा हेरिन्छ ।

कोभिड १९ सम्बन्धी सूचना !

कोभिड १९ कोरोना भाइरस बिरुद्ध मानव स्वास्थ्यका लागि सरकारको तर्फबाट घोषणा गरिएका राहत प्याकेजहरुहरुले के कसरी सम्बोधन गर्ला त्यो हेर्न बाँकी नै छ ।  तर भर्खरै सबै प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुलाई हुने गरि बिषेश गरी पहुँचयुक्त (सांकेतिक भाषा, अडियो, सचित्र सरल भाषा) सूचनाको कमीले ठुलो समुदाय जानकार छैन । हेमोफेलिया अपाङ्गता भएका ब्यक्तिहरुका लागि फ्याक्टरको कमीका कारण जुनसुकै अवस्थामा पनि ज्यान गुमाउनु पर्ने अवस्था छ । यस्तो बिषम परिस्थितिमा अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय नगर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई थप आउन नदिनु अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय गर्नु हाम्रो दायित्व हो । अपाङ्गता भएका ब्यक्तिहरुलाई केही समस्या परे तपसिलमा उल्लेखित मोबाइल नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।