सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धि सूचना
मिति : २०८० फाल्गुण १६ गते
सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धि सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०८० पौष १४ र १५ गते नेपालगञ्जको खजुरामा बसेको कार्यसमितिको पुर्ण वैठकले संघीय कार्यसम्पादन समितिलाई जिम्मेवारी प्रदान गरे अनुसार २०८० फाल्गुण ०७ गते बसेको कार्यसम्पादन समितिको बैठकले २०८१ साल वैशाख ०७ र ०८ गते महासंघको २२औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) अनुसार आगामी साधारण सभामा आर्थिक वर्ष २०८०/८१ सम्म राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध भई नविकरण भएका सदस्य संस्थाहरुले मात्र साधारण सभामा भाग लिन पाउने भएको हुँदा २०८० चैत्र १५ गतेसम्म सम्पुर्ण सदस्य संस्थाहरुले सदस्यता नविकरण गर्नुहुन र नयाँ आबद्धता लिन चाहने संघ संस्थाहरुलाई समेत नियमानुसार आबद्धताका लागि हार्दिक अनुरोध गर्दछौ ।
संस्था नविकरणका लागि आवश्यक पर्ने कागजातहरु
- सदस्य संस्था सम्बन्धित जिल्लामा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।
- सदस्य संस्था समाज कल्याण परिषदमा आवद्ध भएको प्रमाणपत्रको प्रतिलिपी ।
- सदस्य संस्था चालु आर्थिक वर्षसम्म जिल्ला प्रशासन कार्यालयमा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
- सदस्य संस्था समाज कल्याण परिषदमा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
- सदस्य संस्थाको अघिल्लो आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।
- अनुसूची २ मा तोकिएको ढाँचामा सदस्य संस्थाको वर्तमान कार्यसमितिको नामावली ।
- अनुसूची ३ मा तोकिएको ढाँचामा सदस्य संस्थाको वर्तमान साधारण सदस्यहरूको नामावली ।
- नवीकरण शुल्क रू ५०० नगद वा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रदेश वा संघीय कार्यालयले तोकेको खातामा सो वरावरको रकम जम्मा गरेको बैंक भौचर ।
नयाँ आवद्धता लिन चाहने संस्थाको लागि आवश्यक कागजातहरु:
- जिल्ला प्रसाशन कार्यालयमा संस्था दर्ता भएको र चालु आर्थिक वर्षसम्म नवीकरण भएको प्रमाणको प्रतिलिपी ।
- समाज कल्याण परिषदमा आबद्धता तथा नवीकरण भएको प्रमाणको प्रतिलिपी ।
- संस्थाको विधानको प्रतिलिपी ।
- संस्थाको कम्तिमा विगत दुई वर्षको प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपी ।
- अनुसूची ५ मा राखिएको ढाँचामा संस्थाको वर्तमान कार्यसमितिको नामावली ।
- अनुसूची ६ मा राखिएको ढाँचामा संस्थाको साधारण सदस्यहरुको नामावली ।
- महासंघमा संस्था आवद्धताको लागि संस्थाको कार्यसमितिले गरेको निर्णयको प्रतिलिपी ।
- महासंघमा संस्था आवद्धताको लागि अनुरोध गरी संस्थाको लेटरहेडमा लेखिएको पत्र ।
- आवद्धता शुल्क रू १०००/- नगद वा महासंघको प्रदेश वा संघीय कार्यालयले तोकेको बैंक खातामा सो वरावरको रकम जम्मा गरेको बैंक भौचर ।
थप जानकारीका लागि सम्पर्क : तुलसा दाहाल (९८५१२३६१५९)
……………..
सुगम भट्टराई
महासचिव