मुल्य सूची दर्ता गर्ने बारे सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
भृकुटीमण्डप, काठमाडौँ
प्रकाशित मिति २०७९/१२/०९
पुन प्रकाशित मिति २०७९/१२/२६
मुल्य सूची दर्ताको म्याद थप बारे सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सेवा तथा समाग्री परियोजनको लागि मुल्य सूची दर्ता पत्र २०७९/१२/०९ मा सुचना प्रकाशित गरेको थियो। उक्त अवधि भित्र कुनै पनि आवेदन नपरेको हुनाले राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मुल्य सूची दर्ता पत्र सम्बन्धी सुचना पुनः प्रकाशित गरिएको छ। मुल्य सूची दर्ताको आवेदन मिति २०८०/०१/०१ भित्र सम्म पठाउन हुन जानकारी गराउन चाहान्छौं।
यस राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई सन् २०२३/२०२४ का लागि तपशिलमा उल्लेख गरिए बमोजिमका सेवा तथा सामाग्रीहरुको आपूर्ति गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोबार गर्न स्वीकृती प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म तथा कम्पनीहरु र व्यक्तिगत सेवा प्रदायकहरुको मुल्य सूची दर्ता गराउनु पर्ने भएकोले आफुले आपूर्ति गर्ने सामाग्री एवं सेवाहरुको मुल्यसुची सहितको विवरण र फर्म/कम्पनीको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र (नविकरण समेत) र आ.व. २०७८/०७९ को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी तथा सूचि दर्ताको लागि निवेदन समेत संलग्न गरि यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०७९ चैत्र २४ गतेसम्म) कार्यालय समयमा यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यालय रातोपुल काठमाण्डौंमा वा तपशिल बमोजिमको इमेल ठेगानामा पठाउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
आपूर्ति गर्नुपर्ने समान तथा सेवाहरुः
- होटेल सेवा
- परामर्श सेवाहरु (विषय विज्ञताको क्षेत्रहरु खुलाई जस्तै : मानवअधिकार, अपाङ्गता समावेशि विकास, पहुँचयुक्तता, भाषा सम्पादन तथा अन्य विषयविज्ञहरु)
- सांकेतिक भाषा दोभाषे, नेपाली अंग्रेजी भाषा अनुवादक, क्याप्सनर
- रेडियो र टीभीमा प्रसारण गरिने सचेतनामूलक सामाग्रीहरु निर्माण तथा प्रसारण
- विज्ञापन सम्बन्धि सेवाहरु
- मसलन्दसँग सम्बन्धित सामाग्री (स्टेशनरी)
- गाडी भाडा सेवा, हवाईयात्राको टिकट, सामाग्री ढुवानी सेवा
- कम्प्यूटर, ल्यापटप, प्रिन्टर, क्यामरा, रेकर्डर, मोबाइल र सोका पार्टपुर्जा आपूर्ति तथा मर्मत
- फ्लेक्स ब्यानर,फोटोकपी तथा छपाई सम्बन्धी सेवाहरु र कार्यालय प्रयोजनका लागि बनाइने ब्याग, टि सर्ट तथा टोपी आदी
- फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी सामाग्री तथा सेवाहरु
- कुरियर सेवा
- ईन्धन (डिजेल, पेट्रोल तथा एलपीजी ग्यास) आपूर्ति
- भाँडावर्तन तथा इलेक्ट्रिक र प्लम्बिङ्ग मर्मत सेवा तथा सामाग्रीहरु
- सवारी साधनका पार्टपूर्जा आपूर्ति तथा मर्मत
- अन्य विविध (कार्यालयलाई आवश्यक पर्ने किराना सम्बन्धि सामाग्रीहरु)
अन्य थप जानकारीः
- रित पुर्वक प्राप्त हुन आएको फर्मको मुल्य, योग्यता र दक्षताको आधारमा छनौट गरिने छ ।
- सूचिकृत भएको विक्रेता, फर्म तथा कम्पनीहरुबाट मात्र यस संस्थाको आवश्यकता अनुसारको सामान खरीद तथा सेवा प्राप्त गरिनेछ ।
- सूचिकृत भएको फर्म तथा कम्पनीहरुले सन्तोषजनक सेवा तथा समयमा सामान उपलब्ध नगराएमा बिना सूचना हटाउन सकिनेछ र यस उपर कुनै दाबी विरोध गर्न पाईने छैन ।
- यस सम्बन्धि थप जानकारी आवश्यक परेमा यस संस्थाको कार्यालय, वित्त शाखा तथा फोन नम्बर ९८५१२३६४०७ मार्फत जानकारी प्राप्त गर्न सकिने छ ।
- सूचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा नै निहित रहनेछ ।
सूचिकृतका लागि संस्थाको ठेगाना तथा इमेलः
इमेलः procurement@nfdn.org.np, सम्पर्क नं. ९८५१२३६४०७