प्रेश बिज्ञप्ति
सिरहा जिल्लाको सारस्वरनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक श्री परशुराम साहलाई शारीरिक अपाङ्गता भएका व्यक्तिलाई अपायक स्थानमा सरुवा गर्ने, चार महिनादेखि तलब सुविधा नदिइएको घटना बारेमा विभिन्न सञ्चार माध्यममा प्रकासित र प्रसारित समाचारहरूप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त कार्य नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धिको धारा २७, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ को दफा १५.(१), २४(३), २४(५) र नेपालको संबिधान २०७२ को धारा ४२.३ को भावना विपरित छ । उच्च अदालत जनकपुर राजविराज इजलासको आदेश, प्रमुख जिल्ला अधिकारी र नगरपालिका प्रमुखबाट दिएको आदेशको समेत निजलाई सेवा सुविधाबाट बञ्चित गराएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सम्बद्ध सबैमा यथाशिघ्र निजलाई प्रचलित शिक्षा नियमावली २०५९ अनुसार अपाङ्गता भएका शिक्षकलाई घर पायक सरुवा गर्नुपर्ने र निजले पाउने सेवा सुविधा उपलब्ध भइ मर्यादित वातावरणमा काम गर्ने व्यवस्था मिलाईदिनको लागि सम्बद्ध सबैको ध्याकर्षण गराउन चाहन्छ । अन्त्यमा शिक्षा जस्तो अत्यन्तै संबेदनशील क्षेत्रमा एक अपाङ्गता भएका शिक्षकलाई हाजिर गर्नबाट बञ्चित गर्ने, तलब रोक्का गर्ने, मानविय संबेदनहिन, विभेदकारी र विद्यमान कानुनको ठाडो उल्लघन गर्ने सम्बन्धित जिम्मेवारी व्यक्तिलाई कानुन बमोजिम कारबाहीको माग गर्दछ ।
मिति २०७९/०२/२
राजु बस्नेत
महासचिव