झूम इन्टरनेशनलले “अन्तर्राष्ट्रिय स्तरको प्रतिभा खोज”
सूचना !! सूचना !! सूचना !!
शान्तिधाम फाउन्डेशन, भुवनेश्वर, भारतद्वारा प्रस्तुत झूम इन्टरनेशनल प्रतियोगिता सन् २०२२-२०२३ का लागि विभिन्न ठाउँहरुबाट अपाङ्गता भएका व्यक्तिहरू प्रतियोगितामा भाग लिन अन्तर्राष्ट्रिय प्लेटफर्मको अवसर प्रदान गर्न रहेको छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले, शान्तिधाम फाउन्डेशन द्धारा प्राप्त जानकारीअनुसार झूम इन्टरनेशनलले “अन्तर्राष्ट्रिय स्तरको प्रतिभा खोज” गर्न अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न लागिरहेको छ। यस प्रतियोगितामा नेपालबाट ईच्छुक अपाङ्गता भएका व्याक्तिहरुले आफुमा भएका वा लुकेका प्रतिभाहरुलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा विश्वव्यापी रूपमा प्रदर्शन गर्न र वृद्धि गर्न यस (झूम इन्टरनेशनल प्रतियोगिता) शान्तिधाम फाउन्डेशन मार्फत अवसर प्राप्त गर्न सक्ने छन् ।
उक्त कार्यक्रममा नेपालबाट ईच्छुक अपाङ्गता भएका व्याक्तिहरुले झूम इन्टरनेशनल प्रतियोगितामा भाग लिनका लागि आफ्नो प्रतिभाहरु (जस्तै नृत्य, गीत, चित्रकला, अभिनय, मिमिक्री, एन्करिङ) प्रर्दशन गर्ने र सहभागि हुन चाहेमा आफ्नो विवरणहरु टिपाउन सक्नुहनेछ। आफ्नो विवरणहरु टिपाउनका लागि १५ जुन, २०२२ (असार १ गते,२०७९) सम्ममा आवेदन दिई सक्नु पर्नेछ।
झूम इन्टरनेशनल प्रतियोगितामा सहभागि हुने प्रतिभाहरुको कला विभिन्न सामाजिक सञ्जालहरू (फेसबुक, इन्स्टाग्राम, युट्युब आदि) मार्फत प्रचार गरिनेछ। तसर्थ, अपाङ्गता भएका व्याक्तिहरुको अन्तरनिहित प्रतिभाहरुको प्रस्फुटन स्वतन्त्रताको महसुश गराउन र आत्मविश्वास बढाउन सहयोग गर्नछ। राष्ट्रिय अपाङ्गता महासंघ नेपाल र झूम इन्टरनेशनल यस मेगा इभेन्टमा अपाङ्गता भएका व्याक्तिहरु सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न उनिहरुका अभिभावकहरुले प्रोत्साहित गर्न अनुरोध गर्दछ।
प्रतियोगितामा सहभागि हुनका लागि मापदण्डहरु
१. उम्मेदवारहरूले दिइएको ढाँचामा आफ्नो नाम दर्ता गर्नुपर्छ।
२. उम्मेदवारहरुले आफ्नो परिचय र अपाङ्गता प्रमाणपत्र संलग्न गर्नुपर्नेछ।
३. अपाङ्गता परीचय पत्र अनिवार्य ल्याउने।
४. उम्मेदवारले आफ्नो प्रतिभालाई उच्च रिजोल्युसन क्यामेरा (high resolution camera) मा २ देखि ३ मिनेटको भिडियो खिचेर jhoominternational@gmail.com वा whatsapp मा ९१-७७४९९२२८८८ मा पठाउनु पर्ने हुन्छ।
५. उम्मेदवारहरूलाई निर्णायक सदस्यहरूले मात्र छनोट गर्नेछन्।
६. निर्णायक सदस्यहरूले प्रत्यक समुहबाट १० जना उम्मेदवारहरु छनोट गर्नेछ।
प्रतिस्पर्धाका लागि भारतमा आउने छन्।
७. प्रत्येक समूहबाट प्रथम विजेता उम्मेदवारले अवार्ड सेरीमोनिमा (Award Ceremony) समारोमा १३ नोभेम्बर २०२२ प्रदर्शन गर्ने मौका पाउने छन्। .
८. विजेताले प्रमुख अतिथि र अन्य प्रतिष्ठित अतिथिहरुबाट ट्रफी, प्रमाणपत्र सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन्।
९. सबै दर्ता भएका उम्मेदवारहरूले विधुतिय माध्यबाट सहभागि दर्ता भएको प्रमाणपत्र पाउनेछन्।
१०. निर्णायक सदस्यहरूबाट आएको निर्णय नै अन्तिम निर्णय हुनेछ। यसमा उम्मेदवार वा निजको सम्बन्धित शिक्षक/अभिभावकले यसमा प्रश्न गर्ने अधिकार हुनेछैन।
११. छनोट भएका सहभागीहरूलाई उनिहरूको एक एस्कर्ट/अभिभावक सहित निमन्त्रणा गरीनेछ प्रतिस्पर्धा अवधि सम्म भारतमा खाने बस्ने व्यनवस्था गरिनेछ।
१२. आवास स्थानमा प्रवेश गर्ने समयमा प्रत्येक विद्यार्थी र उनिहरुको एस्कर्ट/शिक्षक/गाइडले आफ्नो परिचय पत्र प्रमाण पेश गर्नुपर्छ।
१३. संस्थाहरूको हकमा, पाँच सहभागीहरूको लागि एक एस्कर्टलाई अनुमति दिइनेछ।
१४. उम्मेदवारहरूले आफूलाई आवश्यक पर्ने सीप सामग्री, पोशाक र आवश्यक पर्नेहरू आभूशनहरु आफैले ल्याउनुपर्नेछ।
१५. १४ नोभेम्बर २०२२, दिउँसो १२:०० बजेपछि कुनै पनि उम्मेदवारलाई प्रदान गरिएको आवास स्थानमा बस्न दिइने छैन।
१६. रेलवे स्टेशन वा बस स्टप बाट स्थानीय ढुवानीको लागी रु. १०० /- भुक्तान गरीनेछ।
१७. भारतीय सहभागीहरू लागि र उनीहरूका एस्कर्टहरू सबै जनाका लागि विमान स्थल देखि आवास सम्म जाने आउनका लागि स्थानिय यातायातका लागि रु २००/- भुक्तानी गरिनेछ।
१८. अन्तर्राष्ट्रिय सहभागीहरूका लागि विमान स्थाल देखि आवास स्थल सम्म ल्याउने लाने सुविधा उपलब्ध गराइनेछ।
१९. सबै सहभागीहरू संगै उनिहरुको एस्कर्ट/शिक्षक/गाईड लाई खाजा, दिउँसोको खाना र बेलुकाको खानाको व्यवस्था गरिएको छ । उक्त खानाका लागि खाना कुपन द्वारा मात्र प्रदान गरीन्छ ।
२०. कुनै पनि आपतकालिन घटना अथवा स्तिथि आएमा MSJE, GOI निर्देशन द्वारा कार्यक्रममा ढिलाइ / स्थगित / रद्द गर्न सकिन्छ।
झुम इन्टरनेशनल प्रतिभा खोज सम्बन्धी जानकारीमूलक सामग्रीहरुः
REGISTRATION FORM
REGISTRATION FORM pdf
BROCHURE JHOOM INTERNATIONAL – (2022-23)
https://www.facebook.com/jhoomindia/
https://l.facebook.com/l.php?u=http%3A%2F%2Fwww.shantidhamfoundation.org%2F%3Ffbclid%3DIwAR23gaVv6Iscoei8TlsWVZIMpAQyJjwkxq3Wn2