कोभिड -१९ महामारी वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको आवस्यकता पहिचान-अन्तरक्रिया तथा रणनीति तयार

मिति २०७७ मङ्सिर २७ र २८ गते काभ्रेको बनेपा र मिति २०७७ मङ्सिर २९ र ३० गते सिन्धुपाल्चोकको चौतारामा कोभिड -१९ महामारी वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको आवस्यकता पहिचान सम्बन्धि  अन्तरक्रिया  तथा रणनीति तयार कार्यक्रम संचालन गरियो l राष्ट्रिय अपाङ्ग महासंघ संघीय अध्यक्ष श्री मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काभ्रे जिल्लाका बिभिन्न ठाउवाट  अपाङ्गता…

समावेसी जनगणना २०७८

२४ मंसिर, २०७७ यथार्थ र तथ्य परक जनगणना धेरै नै महत्वपूर्ण हुन्छ । वि. सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा अपाङ्गता भएका ब्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको १.९४% देखाएको छ जुन विश्व स्वास्थ्य संगठनले अनुमानित गरेको विश्वभरिको जनसङ्ख्याको १५% भन्दा निकै कम्ति रहेको देखिन्छ । जब गणनाको प्रस्तुती फरक हुन्छ तब समस्याको गाम्भिर्यतामा निकै नै…

सामाजिक सुरक्षा सम्बन्धी प्रेश विज्ञप्ती

प्रस्तुत बिषयमा सामाजिक सुरक्षा नियमावली कार्यान्वयन गर्नभनि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागले मिति २०७६/१२/२६ च.नं १३७० को परिपत्रसँगै रोकिएको सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि गत आ.व को अन्तिम चौमासिक र चालु आ.व को प्रथम चौमासिक नेपाल सरकार मन्त्रीपरिषदले सामाजिक सुरक्षा भत्ता शिर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरि आर्थिक सहायता उपलब्ध गराउने गरी अस्थायी समाधान गरिएको थियो ।

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका

मिती २२ मङ्सिर २०७७ (७ डिसेम्बर२०२०)  अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका” विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री मित्रलाल शर्मा ज्युको अध्यक्षता,  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डे ज्यु को प्रमुख आतिथ्यता, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन माहाशाखा प्रमुख डा. माधव लम्साल ज्युको विशेष अतिथ्यता तथा  अपाङ्गता सवालमा…

सबैकालागि पहुँचयुक्त स्वच्छता, सरसफाइ र पिउने पानी सम्बन्धी सचेतनामुलक जानकारी

समावेशी विकासको नमुना, सबैकालागि पहुँचयुक्त स्वच्छता, सरसफाइ र पिउने पानीको संरचना   सरसफाई, पिउने पानी र स्वच्छताकालागि बन्ने पूर्वाधार र उपलब्ध सुविधाहरू महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक आद सबैले विना कुनै अवरोध प्रयोग गर्न मिल्ने हुनुपर्छ उदाहरणका लागि, सबैखाले प्रयोगकर्ताले चर्पी खोल्न र बन्द गर्न मिल्ने गरी संरचना निर्माण गर्ने। प्याड व्यस्थापनका लागि…

अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

मिति: १८ मंसिर २०७७ अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ३ डिसेम्बरमा विद्दुतिय (भर्चुअल) माध्यमद्वारा शुभकामना आदानप्रदान कार्यक्रम;सम्पन्न भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतित्यथामा र सचिव याम कुमारी खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम…

अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको शुभकामना सन्देश

संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखी अपाङ्गता भएका व्यक्तिको अधिकारलाई सम्मान गर्दै संसारभरि हरेक वर्ष मनाउने गरिएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको आज हामी २९औँ सृङ्खलामा आइपुगेका छौँ । “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने मुल राष्ट्रिय नारा र Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19 भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यस वर्षको दिवस विभिन्न गतिविधि सहित मनाइँदै छ । तसर्थ यस महत्वपूर्ण घडीमा सम्पूर्ण नेपाली तथा विश्वभरका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, सेवा प्रदायक, अपाङ्गता भएका व्यक्तिको हक अधिकारको लागि लागि परेका सरकारी निकाय, राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, साझेदार निकाय, नागरिक समाज, पत्रकार वुद्धिजीवी, नीजी क्षेत्र लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रेस बैठक

अन्तर्राष्ट्रीय अपाङ्गता दिवस प्रत्येक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकाशमा उनीहरुको समावेशिताका लागि कार्य गर्न मनाइन्छ। २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा महिला, बालबालिका र वरिष्ठ नागरिक मन्त्रालयले मंसिर १७ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडीएन) सँगको समन्वयमा एक भर्चुअल प्रेस…

अपाङ्गता भएका व्यक्तिहरुको २९  औँ अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइदै

१८ मंसिर, काठमाण्डौँ । अपाङ्गता भएका व्यक्तिहरुको २९ औँ अन्तराष्ट्रिय दिवस आज मंसिर १८ गते तदनुसार डिसेम्बर ३ का दिन देशभर विविध कार्यक्रम गरि मनाइदै छ । काठमाण्डौमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लिलानाथ श्रेष्ठको  अध्यक्षतामा गठित मुल आयोजक समितिले तय गरेको कार्यक्रम अनुसार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ र…