१३ औं विश्व अटिजम जागरण दिवस सम्बन्धी प्रेस बिज्ञप्ती
आज “बयस्कता उन्मुख रुपान्तरण” भन्ने मुल नाराका साथ २ अप्रिल २०२० लाई १३ औं विश्व अटिजम जागरण दिवसको रुपमा मनाईंदैछ । अटिजम भएका ब्यक्तिमा सामाजिक ब्यवहार, संचारमा एउटै प्रकृया दोहोरिने गर्दछ । WHO का अनुसा जन्मिएका शिशुहरु मध्ये १ प्रतिशतलाई अटिजम (Autism Spectrum disorder) को लक्षण देखिन्छ । बालिक भन्दा बालकहरुलाई अटिजमको सम्भावना बढी हुने गर्दछ । पहिचान, पुनर्स्थापन तथा परामर्श, नियमित थेरापि र हेरचाहको अभावमा अटिजम भएका व्यक्तिहरु स्वास्थ्य, शिक्षा र समुदायमा पूर्ण र सार्थक सहभागीतामा बाधा पुग्दछ अन्तत: उनीहरुलाई बोझको रुपमा हेरिन्छ ।