समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता बारे सचेतनामूलक भिडियो

अपाङ्गता भएका व्यक्तिहरूको सहि र विस्तृत तथ्याङ्क र सूचनाले अपाङ्गता भएका व्यक्तिको पक्षमा सेवा सुविधामा वृद्धि गर्न, नीति, कार्यक्रम र बजेट विनियोजन गर्न सहज हुने भएको हुनाले अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गरि उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा, सेवा सुविधा र अवसरमा पहुँच बढाउन मद्दत गरौँ ।  अपाङ्गता भएका व्यक्तिलाई नलुकाउँ, हरेक परिवारले उनीहरूको सहि…

दशैँको समयमा कार्यालय बन्द रहने सम्बन्धी सूचना!

उपरोक्त सम्बन्धमा नेपालीहरूको महान चाड बडा दशैँ मनाउन यस संस्थाको संघीय तथा प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरू साथै कर्मचारीहरू कार्यस्थलबाट आ-आफ्नो टाढा टाढा रहेको गाउँघरमा जानुपर्ने र चाड मनाएर कार्यालयमा फर्कन समेत केहि ढिला हुन सक्ने संभावनालाइ समेत मध्यनजर गर्दै मिति २०७८ साल असोज २२ सम्म मात्र कार्यालय खुल्ला रहने र असोज २३ देखि…

आर्थिक शिलबन्दी खोलिएको सूचना !

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सी बी एम ग्लोवलको साझेदारीतामा सञ्चालित हामीलाई पनि समावेश गर (Include Us) परियोजना अन्तरगत थ्री डि एनिमेटेड भिडियो निर्माण कार्यका लागि मिति २०७८ भाद्र २३ गते बुधवारका दिन आह्वान गरिएको शिलवन्दी बोलपत्रको सार्वजनिक सूचना अनुसार प्राप्त कम्पनीका आवेदनहरूमा सबै प्रकृया पुर्याइ, विश्लेषण गरि प्रतिस्पर्धाको आधारमा सबैभन्दा न्यून मुल्यङकित श्री ए.डी.ए….

आर्थिक शिलबन्दी प्रस्ताव खोल्ने सम्बन्धी सूचना !

आर्थिक शिलबन्दी प्रस्ताव खोल्ने सम्बन्धी सूचना ! राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सी बी एम ग्लोवलको साझेदारीतामा सञ्चालित हामीलाई पनि समावेश गर (Include Us) नामक परियोजना अन्तरगत थ्री डि एनिमेटेड भिडियो निर्माण कार्यका लागि आह्वान गरिएको बोलपत्रको सार्वजनिक सूचना अनुसार प्राप्त ८ वटा कम्पनीका आवेदनहरूमा विज्ञ समितिको समेत राय सल्लाह लिई प्राविधिक प्रस्तावहरूको अध्ययन तथा…

“मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”

“मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ ।

अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संघ-संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गर्न र  गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ ।

VACANCY FOR PROVINCIAL ADVOCACY COORDINATOR POSITION AT NFDN

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 331 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing for disability inclusive development, ensuring representation of persons with disabilities in decision making process, capacity building…

Include us, project orientation

असोज ७, २०७८ (23 September, 2021) लामो समय पछि ‘हामीलाई पनि समावेश गर’ परियोजना कार्यान्वयनको लागी दुई-दिने अभीमुखिकरण कार्यक्रम बागमती प्रदेशको राजाधानी हेटौंडामा भौतिक रुपमा संचालन भएको छ । यस परियोजना थप ४ प्रदेशमा ((प्रदेश २, बागमती, लुम्बिनी र सुदूरपश्चिम ) कार्यान्वयन हुने भएकाले यस अभीमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।  यसबाहेक, यो कार्यक्रम, टोलीको…

Introduction to the project, Action for Inclusion

A two-day orientation program on 18 and 19 September was held at the Capital of Bagmati Province, Hetauda as a commencement of the new project across seven provinces of Nepal. The program was held to ensure team understanding on the new project, Action for Inclusion. An Orientation is one and foremost activity to offer the…