सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धमा ।
च.नं. २०८१/८२/१७१
मितिः २०८१/१०/१० गते
श्री प्रदेश व्यवस्थापकज्यू
सातवटै प्रदेश कार्यालय
राष्ट्रिय अपाङ्गमहासंघ- नेपाल ।
बिषयः सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/९/२७ गतेको संघीय कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा सम्पुर्ण सदस्य संस्थाहरुले सदस्यता नविकरण गर्नुहुन र नयाँ आबद्धता लिन चाहने संघ संस्थाहरुलाई समेत नियमानुसार आबद्धताका लागि हार्दिक अनुरोध गर्दछौ ।
संस्था नविकरणका लागि आवश्यक पर्ने कागजातहरु:
• सदस्य संस्था सम्बन्धित जिल्लामा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।
• सदस्य संस्था समाज कल्याण परिषदमा आवद्ध भएको प्रमाणपत्रको प्रतिलिपी ।
• सदस्य संस्था चालु आर्थिक वर्षसम्म जिल्ला प्रशासन कार्यालयमा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
• सदस्य संस्था समाज कल्याण परिषदमा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
• सदस्य संस्थाको अघिल्लो आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।
• अनुसूची २ मा तोकिएको ढाँचामा सदस्य संस्थाको वर्तमान कार्यसमितिको नामावली ।
• अनुसूची ३ मा तोकिएको ढाँचामा सदस्य संस्थाको वर्तमान साधारण सदस्यहरूको नामावली ।
• नवीकरण शुल्क रू ५०० नगद वा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रदेश वा संघीय कार्यालयले तोकेको खातामा सो वरावरको रकम जम्मा गरेको बैंक भौचर ।
नयाँ आवद्धता लिन चाहने संस्थाको लागि आवश्यक कागजातहरु :
• जिल्ला प्रसाशन कार्यालयमा संस्था दर्ता भएको र चालु आर्थिक वर्षसम्म नवीकरण भएको प्रमाणको प्रतिलिपी ।
• समाज कल्याण परिषदमा आबद्धता तथा नवीकरण भएको प्रमाणको प्रतिलिपी ।
• संस्थाको विधानको प्रतिलिपी ।
• संस्थाको कम्तिमा विगत दुई वर्षको प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपी ।
• अनुसूची ५ मा राखिएको ढाँचामा संस्थाको वर्तमान कार्यसमितिको नामावली ।
• अनुसूची ६ मा राखिएको ढाँचामा संस्थाको साधारण सदस्यहरुको नामावली ।
• महासंघमा संस्था आवद्धताको लागि संस्थाको कार्यसमितिले गरेको निर्णयको प्रतिलिपी ।
• महासंघमा संस्था आवद्धताको लागि अनुरोध गरी संस्थाको लेटरहेडमा लेखिएको पत्र ।
• आवद्धता शुल्क रू १०००/- नगद वा महासंघको प्रदेश वा संघीय कार्यालयले तोकेको बैंक खातामा सो वरावरको रकम जम्मा गरेको बैंक भौचर ।
सुगम भट्टराई
महासचिव