वकालत तथा पैरवीका लागि स्थानिय OPD’s हरु सँग साझेदारी कार्यक्रमका लागि सुचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय छाता संस्था हो । यस संस्थाले नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेश गराउन र बनेका नीतिहरूको कार्यान्वयन गराउनको लागि विशेष भूमिका खेल्दै आएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पछिल्लो समयमा अपाङ्गता समावेशी विकास, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न, सदस्य सँस्थाहरु (OPD’s) र अन्य सरोकारवालाहरुको क्षमता विकास, CRPD को कार्यान्वयनमा काम गरिरहेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले द एशिया फाउन्डेशनको साझेदारीमा Sub-National Governance Program – Phase II कार्यक्रम सन्चालन गरिरहेको छ । वकालत तथा पैरवीका लागि स्थानिय OPD’s हरु सँग साझेदारी गर्नुपर्ने भएकाले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका र धनुषा जिल्लाको मिथिला नगरपालिकामा सुचिकृत भई कार्यरत अपांङ्गता भएका व्यक्तिहरु द्धारा सन्चालित संस्था (OPD’s) ले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यसै सुचना साथ संलग्न गरिएको संस्थागत विवरण फारम भरी महासंघको ईमेल did@nfdn.org.np मा पठाउनुहुन यो सुचना आव्हान गरिएको छ ।
संस्थागत विवरण फारम डाउनलोड लिंक
थप जानकारीका लागि
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
भृकुटीमण्डप, काठमाण्डौ
फोन नं:०१-४२३११५९
सुभाष ज्ञवाली
सम्पर्क नं : ९८४७२५९९३०