सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धी सूचना
च. नं. ३४२/०८०/०८१
मिती : २०८० चैत्र २७
सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धि सूचना
उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कार्यसम्पादन समितिको मिति २०८० चैत्र २३ गतेको वैठकले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२औं वार्षिक साधारण सभा मिति २०८१ जेष्ठ १८ र १९ गते लुम्बिनी प्रदेशमा गर्ने निर्णय गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) अनुसार आगामी साधारण सभामा आर्थिक वर्ष २०८०/८१ सम्म राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध भई नविकरण भएका सदस्य संस्थाहरुले मात्र साधारण सभामा भाग लिन पाउने भएको हुँदा २०८१ वैशाख १५ गतेसम्म सम्पुर्ण सदस्य संस्थाहरुले सदस्यता नविकरण गर्नुहुन र नयाँ आबद्धता लिन चाहने संघ संस्थाहरुलाई समेत नियमानुसार आबद्धताका लागि हार्दिक अनुरोध गर्दछौ ।
संस्था नविकरणका लागि आवश्यक पर्ने कागजातहरु:
- सदस्य संस्था सम्बन्धित जिल्लामा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।
- सदस्य संस्था समाज कल्याण परिषदमा आवद्ध भएको प्रमाणपत्रको प्रतिलिपी ।
- सदस्य संस्था चालु आर्थिक वर्षसम्म जिल्ला प्रशासन कार्यालयमा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
- सदस्य संस्था समाज कल्याण परिषदमा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
- सदस्य संस्थाको अघिल्लो आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।
- अनुसूची २ मा तोकिएको ढाँचामा सदस्य संस्थाको वर्तमान कार्यसमितिको नामावली ।
- अनुसूची ३ मा तोकिएको ढाँचामा सदस्य संस्थाको वर्तमान साधारण सदस्यहरूको नामावली ।
- नवीकरण शुल्क रू ५०० नगद वा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रदेश वा संघीय कार्यालयले तोकेको खातामा सो वरावरको रकम जम्मा गरेको बैंक भौचर ।
नयाँ आवद्धता लिन चाहने संस्थाको लागि आवश्यक कागजातहरु :
- जिल्ला प्रसाशन कार्यालयमा संस्था दर्ता भएको र चालु आर्थिक वर्षसम्म नवीकरण भएको प्रमाणको प्रतिलिपी ।
- समाज कल्याण परिषदमा आबद्धता तथा नवीकरण भएको प्रमाणको प्रतिलिपी ।
- संस्थाको विधानको प्रतिलिपी ।
- संस्थाको कम्तिमा विगत दुई वर्षको प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपी ।
- अनुसूची ५ मा राखिएको ढाँचामा संस्थाको वर्तमान कार्यसमितिको नामावली ।
- अनुसूची ६ मा राखिएको ढाँचामा संस्थाको साधारण सदस्यहरुको नामावली ।
- महासंघमा संस्था आवद्धताको लागि संस्थाको कार्यसमितिले गरेको निर्णयको प्रतिलिपी ।
- महासंघमा संस्था आवद्धताको लागि अनुरोध गरी संस्थाको लेटरहेडमा लेखिएको पत्र ।
- आवद्धता शुल्क रू १०००/- नगद वा महासंघको प्रदेश वा संघीय कार्यालयले तोकेको बैंक खातामा सो वरावरको रकम जम्मा गरेको बैंक भौचर ।
थप जानकारीका लागि सम्पर्क : तुलसा दाहाल (९८५१२३६१५९)
सुगम भट्टराई
महासचिव