झूम इन्टरनेशनलले “अन्तर्राष्ट्रिय स्तरको प्रतिभा खोज”

सूचना !! सूचना !! सूचना !! शान्तिधाम फाउन्डेशन, भुवनेश्वर, भारतद्वारा प्रस्तुत झूम इन्टरनेशनल प्रतियोगिता सन् २०२२-२०२३ का लागि विभिन्न ठाउँहरुबाट अपाङ्गता भएका व्यक्तिहरू…

निःशुल्क प्राथमिक मनोबैज्ञानिक सहयोग तथा मनोबिमर्श सेवा

दैनिक रुपमा हामीलाई कुनै न कुनै चिन्ता र पिरहरुले जुधि रहेका वा तनाव हुने गरेका छौं । त्यस तनावका कारण हाम्रो मानसिक स्वास्थ्यमा…

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धी प्रेश विज्ञप्ति

  मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धमा यहीँ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको…

अपाङ्गता भएका महिला, पुरुष, बालक तथा बालिकाको न्यायमा पहुँच सम्बन्धी अनुसन्धानकर्ताहरुलाई दुई दिवसीय कार्यशाला

सबै अपाङ्गता भएका महिला, पुरुष, बालक तथा बालिकाको लागि न्यायिक प्रणालीको पहुँचमा आईपर्ने अवरोधहरु पत्ता लगाउन सातवटै प्रदेशहरुमा सहभागितामूलक अनुसन्धान गर्न मिति २०७९…

पालिकाका जनप्रतिनिधि र कर्मचारीज्यूहरुलाई अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले द एसिया फाउन्डेसनसँगको साझेदारीमा स्थानीय सबलीकरण सरकारको अपाङ्गता समावेशी विकासको परियोजना अन्तर्गत  तानसेन, दमक र भिमेश्वर नगरपालिकाहरुमा अपाङ्गता विकास सम्बन्धी दुइ दिने अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममा अपाङ्गता सम्बन्धी अवधारणा तथा अवरोधहरु,अपाङ्गताका परिभाषा तथा प्रकार, अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्था, र सोमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच, चुनौति र अवसरहरुको बारेमा स्थानीय पालिकाका जनप्रतिनिधि,कर्मचारीहरुबीच छलफल गरिएको थियो ।

स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वय र डब्लु.एच. ओ.,यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेसनलको साझेदारीमा अपाङ्गता भएका व्यक्तिको ३० औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य र पुनर्स्थापनासंग सम्बन्धित ऐनकानुन/नीतिको संघीय, प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति, कार्यक्रम, बजेटमा सबै तहमा स्वास्थ्य र पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशक, सामाजिक बिकाश महाशाखा पमुख/प्रतिनिधि, प्रदेश स्वास्थ्य आपतकालीन संचालन केन्द्र प्रमुख/प्रतिनिधि र संघिय तह बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय संस्थाहरुका प्रतिनिधिहरु, पुनर्स्थापना सेवा केन्द्रहरुको छाता संगठन-नास्पिर,साझेदार संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला २०७८ पौष १ र २ गते (१६ र १७ डिसेम्बर २०२१) काठमाडौमा सम्पन्न भयो । उक्त कार्यक्रममा १३ महिला सहित ३२ जनाको सहभागिता रहेको थियो भने अपाङ्गता भएका व्यक्तिहरुको ८ जनाको सहभागिता जनाउनु भएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुलाइ रोजगार मुलक तालिमको अवसर!

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका केहि वडाहरुमा अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन गरेको छ ।…