Influencing for accessible Public toilet
पैरवीको प्रभाव
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न जिल्लाका बिभिन्न समुदायका मानिसहरु बसोबास तथा रोजगारी गर्दछन । अधिकांश ब्यक्तिहरु रोजगारीको खोजीमा आउने गर्दछन । त्यही मेसोमा अपाङ्गता भएका व्यक्तीहरु पनि प्रादेशिक राजधानी झर्ने गर्दछन । रोजगारी अथवा अन्य सिलसिलामा सुर्खेत आउने व्यक्तिहरुलाई सुर्खेतमा सार्वजनिक शौचालय नहुदा साह्रै समस्या रहेको थियो । उक्त समस्यालाई मध्य नगर गर्दै यु एन डि पीले वीरेन्द्रनगर नगरपालिका र अन्तरनिर्भर समाज सुर्खेतसंगको साझेदारीमा वीरेन्द्रनगर नगरपालिकामा सार्वजनिक शौचालय निर्माण गर्ने कामको थालनी गर्यो। निर्माण हुदै गरेका शौचालय अपाङ्गता भएका व्यक्तीहरु लागि पनि सहज हुने आकलनका साथ निर्माण कार्य निरन्तर अगाडि बढदै थियो । ३ फेव्रुअरीका दिन वीरेन्द्रनगर नगरपालिका वसपार्क नजिक निर्माण भईरहेको शौचालय अनुगमन गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको कार्यालयमा टेलिफोन मार्फत प्राप्त निर्देशन अनुसार जितलाल ढकाल शौचालयको स्थलगत अनुगमन गर्नु भई अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा नभएको ब्यहोरा युएनडिपी वीरेन्द्रनगर नगरपालिका र अन्तरनिर्भर समाज सुर्खेतका कर्मचारीलाई निर्माण स्थलमा नै अवगत गराउनु भयो । तत्काल अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ अन्तरनिर्भर समाज सुर्खेतका प्राविधिक लाई उपलब्ध गराई सोही अनुसार नक्सा डिजाइन तथा निर्माण गर्न अनुरोध गरीएको थियो । महासंघको तर्फवाट दिएका सुझावहरुलाई समाबेश गरी नयाँ डिजाइन नक्सा तयार गरी पुन: छलफल गर्ने प्रतिवद्बता सहित अनुगमनलाई विट मारीएको थियो ।
१४ फेव्रुअरीका दिन महांसघ कर्णाली प्रदेशको कार्यालयमा महासंघका कर्मचारी तथा अन्तरनिर्भर समाज सुर्खेतका प्राविधिक न्युटन वली विच अपाङ्गमैत्री शौचालयको नक्सा डिजाइनका वारेमा छलफल गरी महासंघ र सीवीएम नेपालले निर्माण गरेको पहुँचयुक्त भौतिक वातावरणका लागी शौचालय अध्ययन सामाग्रीहरु लाई समेत साथमा राखी वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्र निर्माण भई रहेका ५ वटा सार्वजनिक शौचालय लाई उक्त सन्दर्भ सामग्री अनुसार निर्माण गर्न अनुरोध गरीएको थियो । त्यस पश्चात निरन्तर फोन तथा ईमेल मार्फत सन्दर्भ सामाग्री पोस्टर पठाईएको थियो । उक्त सुझावहरुलाई आत्मसाथ गरी सवै मापदण्ड अनुसार सार्वजनिक शौचालय सम्पन्न भएका छन । कोभीड १९ को महामारीका समयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको निरन्तर पैरवी र अनुगमनबाट अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त उक्त शौचालयहरुको निर्माण सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघसंग निरन्तर सहकार्यले गर्दा सार्वजनिक शौचालय निर्माण सम्पन्न गर्न सम्भव भएको अन्तरनिर्भर समाजका प्राविधिकहरु वताउनु हुन्छ। शौचालयको डिजाइन नक्सा तयार गर्दा अपाङ्गता मैत्री संरचना वनाउनु पर्छ भन्ने जनचेतनाको कमीले यस्तो अवस्था भएको वताउनु हुन्छ। सार्वजनिक शौचालय हस्तान्तरणका क्रममा अन्तरनिर्भर समाज तथा यूएनडिपीका प्रतिनिधीले शौचालय निर्माणका क्रममा महासंघले गरेको सकृय सहयोग लागि सर्हाना सहित धन्यवाद ज्ञापन गर्नु भयो। ।