संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय संयुक्त अन्तरक्रिया आज मिति २०७६ कार्तिक २५ गते सम्पन्न गरेको छ । यस अन्तरक्रियामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव स्तरीय प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । बैठकमा विभिन्न विषयवस्तुहरु माथि छलफल तथा अन्तरक्रिया गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र, स्थानीय निकायमा बजेट वितरण, समावेशी शिक्षा नीतिको कार्यान्वयन र अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य सेवा सुविधाहरुमा पहुँच पुर्याउने लगायतका सवालहरुमा गहन छलफल भएको थियो ।
बैठकमा तीन वटै मन्त्रालयहरु महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधिका उपसचिवहरु क्रमशः पशुपति महत, प्रल्हाद कार्की र जय प्रसाद आचार्यको सहभागिता रहेको थियो । यसै गरी महासंघको तर्फबाट संघीय अध्यक्ष मित्रलाल शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश लामा लगायत अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रत्येक मन्त्रालयले गर्दै आएको कामहरु अपाङ्गता सवालहरुलाई समेटिएर अघि बढ्ने प्रतिबध्दता जनाउनुभयो ।