समावेशी शिक्षा कार्यान्वयन सुनिश्चिततामा स्थानीय तह

सरोकार गणेशप्रसाद पौडेल, शिक्षा विभाग १. समावेशी शिक्षा शिक्षा बालबालिकाको मौलिक अधिकार हो । मौलिक अधिकार संरक्षणका लागि शिक्षाको सुनिश्चितता अनिवार्य शर्त हो । बालबालिकाका सिकाइ आवश्यकता फरकफरक हुनु प्राकृतिक यर्थाथ हो । फरकपनलाई स्वाभाविकरूपमा स्वीकार गर्नु, सबैका लागि अनुकूल हुने सिकाइ पद्दति विकास गर्नु र सबै बालबालिकालाई सम्मानपूर्वक सिकाइको व्यवस्थापन गर्नुलाई समावेशी शिक्षा भनिन्छ…

कागजमा मात्रै सीमित अपाङ्गतामैत्री संरचना

सरोकार कृष्ण खनाल रूपन्देहीको प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयमा अपाङ्गता भएकी महिला ‘हाकीम सा’प खोइ’ भन्दै घस्रंदै भित्र छिर्नुभयो । सबै उहाँको अपाङ्गतालार्इ क्वार्क्वार्ति हेरिरहेका थिए । उहाँका साथमा रहेका आफन्त (नाती) ले उहाँलाई प्रशासकीय अधिकृत तुलसीराम भण्डारीकहाँ लग्नुभयो । तल्लो तलामा रहनुभएका प्रशासकीय अधिकृत भण्डारीकहाँ ती महिलाले नमस्कार गर्दै भन्नुभयो–’लौन हाकीम सा’प म…

आफ्ना आवश्यकता आफै पुरा गर्न छेक्छन् पूर्वाधारले

फोटो कथा शंकर चैसिर नीतिमा एउटा, व्यवहारमा अर्कै नया संविधान, २०७२ अनुसार अन्य व्यक्तिहरूलाई जस्तै हरेक अपाङ्गता भएका व्यक्तिलाई पनि स्वतन्त्र रूपमा आफ्नो दैनिक जीवन यापन गर्ने अधिकार छ । त्यसका लागि  उनीहरूलाई समेत सहज हुने खालका पहुँच-युक्त भौतिक पूर्वाधार एवम् सञ्चार प्रणालीहरूको व्यवस्था गर्नु समाज र राज्यको दायित्व हो । यसै सन्दर्भमा नेपाल सरकारले कम्तीमा पनि…

अपाङ्गता र पहुँचयुक्तता

सरोकार राजेशमान के.सी. अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी राष्ट्सङ्घीय महासन्धि, २००६ (UNCRPD- 2006) को धारा १ मा अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सिर्जित विभिन्न अवरोधहरूसँगको अन्तरक्रियाका कारणले समाजमा अन्य व्यक्तिहरूसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गमा सहभागी हुन बाधा भएको व्यक्तिसमेतलाई जनाउँछ भन्ने परिभाषा गरिएको छ । यसबाट के स्पष्ट…

पहुँचयुक्तता पहिलो सर्त

सम्पादकीय पहुँचयुक्तता अपाङ्गता भएका व्यक्तिहरूको जीवनका सबै पक्षमा हुने सहभागितामा वृद्धि गर्न र उनीहरूले पाउनु पर्ने सेवा र सुविधाहरू सहज रूपमा प्राप्त गर्नका निम्ति आवश्यक अनिवार्य पूर्व सर्त हो । अर्थात् मानव भएर पाउनु पर्ने सबै अधिकारको उपभोगका लागि पहिला नै तयार गरिनु पर्ने कुनै पनि किसिमको सहज एवम् सकारात्मक सोचाइ, वातावरण, परिस्थिति, प्रणाली वा पद्धति…

अस्पताल तथा पुनर्स्थापना केन्द्रहरूको सम्पर्क ठेगाना

जानकारी अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक स्वास्थ्य उपचार र पुनस्थापना केन्द्रहरुको जानकारी संकलन गरी काठमाडौं उपयका लगायत नेपालका पाँचै विकास क्षेत्रहरुमा रहेका यी केन्द्रहरुको ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराएको छ । काठमाडेँ उपत्यका भित्र क्र.सं. अस्पताल ठेगाना सम्पर्क नम्बर १ नेशनल एकेडेमी अफ मेडिकल साइन्स, वीर अस्पताल महाबौद्घ १–४२२१९८८र ४२२११९९ २ सिभिल अस्पताल नयाँ…

आत्मनिर्भरताको यात्रामा चन्दर यादव

सुनसरी जिल्लाको श्रीपुरजब्दी गाविस वार्ड नं. १ मा वस्ने चन्दर यादब एक कुष्ठ प्रभवित भएका व्यक्ति हुन । उमेरले ४९ बर्षका चन्दरका ४ छोरी श्रीमति र आफु गरि ६ जनाको परिवार छ । भारत सग सिमाना जोडिएको श्रीपुरजब्दीका चन्दर लाई २०५५ साल देखिनै विस्तार शरिरमा नचिलाउने दागहरु देखा परेको थियो तर कहिले पनि वास्ता गरेका…

नेपालमा सीबीआर गतिविधि

गतिविधि नेपालका कतिपय ठाउँका साथै समुदायमा अझै पनि अपाङ्गताको अवस्थालाई दैवीप्रकोप र पूर्व जन्मको पापको फल जस्ता परम्परागत धारणाबाट हेर्ने गरेको पाइन्छ । समुदायमा केही पक्ष अपाङ्गतालार्इ व्यक्तिको वा तिनका परिवारको समस्याका साथै उपचार गर्नुपर्ने विषयका रूपमा मात्र लिने गरेको पाइन्छ । तर, राज्यको संरचना र समुदायमा केही पक्ष अपाङ्गतालाई मानवीय विविधताका रूपमा र वञ्चितीकरणमा…

अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणका लागि तालिम

जानकारी सुदूरपश्चिमका ५ वटा जिल्लामा कार्यरत अपाङ्गता भएका नेतृत्व तहका व्यक्तिहरूलाई अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणका लागि सचेतीकरण तथा दस्तावेजीकरण सम्बन्धी २ दिने तालिम प्रदान गरियो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणमा जोड दिंदै देशका अन्य ठाउँमा जस्तै डडेलधुरामा २०७४ असारमा यो तालिम सञ्चालन गरेको हो ।…

अपाङ्गता मैत्री सरसफाइ अभियान

मोरङ जिल्लाको जाँते गाविस (पहिलेको ) खुला दिशामुक्त गाविस घोषणा भइसकेको भए पनि त्यहाँका झण्डै ६ प्रतिशत परिवारले शौचालय बनाउन सकेका थिएनन् । खुला क्षेत्रमा दिशापिशाब गर्ने गरेको पाइन्थ्यो । स्थानीयस्तरका खानेपानी र सरसफाइसम्बन्धी काम गर्ने संस्था समेत सक्रिय नभएको अवस्था थियो । पानी शुध्दीकरण गरेर खाने चलन छदै थिएन भन्दा पनि हुन्थ्यो । फोहर…