पहुँचयुक्तताको रुजु सूची
कुनै पनि व्यक्तिको आफ्नो समाजमा स्वावलम्वी, स्वतन्त्र तथा स्वाभिमानपूर्वक जीवनयापन गर्न पाउने नैसर्गिक अधिकार हुन्छ । स्वतन्त्रता, सुविधा र सुरक्षाका लागि अवरोधमुक्त वातावरण अपरिहार्य हुन्छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको समेत समान रूपमा आवश्यकताहरू पूरा गर्न सबै सेवा, सुविधा र संरचनाहरू पहुँचयोग्य हुनुपर्दछ । यस विषयलाई ध्यानमा राखेर यो चेकलिस्ट विभिन्न पूर्वाधार र अन्य सेवाहरूको मूल्याङ्कन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सी वि एम ग्लोवलको सहयोगमा तयार गरेको छ । यो चेकलिस्ट पहुँचयुक्तताको क्षेत्रमा राम्रो अनुभव भएका प्राविधिक व्यक्तिहरूको समूह (अपाङ्गता भएका व्यक्तिहरु, आर्किटेक इन्जिनियर) र विभिन्न सरोकारवालाहरूसँग धेरै औपचारिक/अनौपचारिक परामर्श अनि सकृय सहभागितामा विकास गरीएको छ । यो चेकलिस्टको प्रयोग गरी विभिन्न सरोकारवाला निकायहरु र व्यक्तिहरूले सबैको लागि पहुँचयुक्त संरचना निर्माण गर्न सहजता हुनेछ भन्ने उदेश्य राखीएको छ ।अदालत भवन तथा परिसरको पहुँचयुक्तता परिक्षण सम्बन्धी रुजु सूची
- अपांगता भएका व्यक्ति घरदेखि न्यायिक निकायसंग पुग्दा व्यहोर्नुपर्ने अवरोध सम्बन्धी रुजु सूची
- स्वास्थ्य संस्थाहरुको पहुँचयुक्तता परिक्षण सम्बन्धी रुजु सूची
- नगरपालिका÷गाउँपालिका भवन तथा परिसरको पहुँचयुक्तता परिक्षण सम्बन्धी रुजु सूची
- विद्यालय भवन तथा परिसरको पहुँचयुक्तता परिक्षण सम्बन्धी रुजु सूची