कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध
हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । यो विज्ञप्ती तयार गर्दासम्म विश्वभरका १८५ देशका २,७६,००० भन्दा बढी मानिसहरू यसको संक्रमणमा परेका छन् भने ११,००० भन्दा बढीको मृत्यू भैसकेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा क्रमश बढ्दै गएको हुनाले नेपालमा हालसम्म यसको संक्रमण खासै नदेखिएको भएतापनि कुनैपनि वेला यसको गंभीर संक्रमणमा पर्ने खतरा रहेको छ । तसर्थ यसको संक्रमणबाट बच्नको लागि देहायबमोजिम गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सबै अपाङ्गता भएका व्यक्ति, परिवारका सदस्य लगायत सम्बन्धित सबैमा अनुरोध गर्दछ ।
कोरोना भाइरसबाट संक्रमति नहुन वा यसको प्रभावबाट जोगिन अपनाउनुपर्ने उपायहरू
- ज्वरो आएमा, खोकी लागेमा वा स्वास प्रस्वासमा कुनै समस्या आएमा तत्काल नजिकको स्वास्थ्य चौकीमा जाँच गराउने वा डक्टरको सहयोग खोज्ने ।
- संक्रमण नियन्त्रणमा नआएसम्म अति आवश्यक काम नपरिकन घरबाट बाहिर ननिस्कने
- तातो पानी प्रशस्त पिउने र शारीरको रोग प्रतिरोधक क्षमता वढाउने उपायहरू अपनाउने, शरीरलाइ न्यानो बनाइराख्ने । गलत र आधारहित सूचना र हल्लाहरूको पछाडी नलाग्ने ।
- भिडभाड वा धेरै मानिस भेला भएको ठाउँमा नजाने र अत्यावश्यक कामको लागि मुखमा मास्क लगाएर मात्र बाहिर निस्कने ।
- डिस्पोजेवल मास्क प्रयोग गर्दा एउटा मास्क एक पटक भन्दा बढी प्रयोग नगर्ने र धोएर लगाउन मिल्ने मास्क प्रयोग गर्दा पटक पटक धोएर घाममा राम्रोसँग सुकाएर मात्र प्रयोग गर्ने ।
- धुन वा पुन प्रयोग गर्न मिल्ने मास्क हरेक पटक प्रयोग गरिसकेर राम्रोसँग धोएर घाममा सुकाएर मात्र प्रयोग् गर्ने ।
- विभिन्न चिजवीचहरू छोएपछी सावुन पानीले हात पटक पटक धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
- हातलाइ मुख, आँखा र नाकको सम्पर्कमा सकेसम्म नलैजाने र लैजानुपरेमा स्यानिटाइजर प्रयोग गरेर वा सावुन पानीले धोएर मात्र लैजाने ।
- अरूसँग हात नमिलाउने र अभिवानदको लागि नमस्ते गर्ने ।
- हाच्छिउँ आउँदा वा खोक्दा हातले, कुहिनाले, रूमाल वा टिस्युपेपरले मुख र नाक ढाक्ने ।
- हाच्छिउँ गर्दा वा खोक्दा अर्को व्यक्तिसँग न्यूनतम १ देखी ३ मिटरको दुरी राख्ने र अरूले खोक्दा वा हाच्छिउँ गर्दा आफूले पनि १ देखि ३ मिटरको दुरी राख्ने ।
- गम्भिर शारीरिक वा मानसिक अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक सेवा, स्याहार र हेरचाह गरिरहेका व्यक्तिहरूले ध्यान दिनुपर्ने कुराहरू
- आफुले सेवा दिइरहेको अपाङ्गता भएका व्यक्तिलाइ माथि क देखि ठ सम्म उल्लेखित कुराहरू पालना गर्नुपर्ने कुरा वताउने र पालना गराउने ।
- सेवा, स्याहार वा हेरचाह गर्ने व्यक्तिले मुखमा मास्क लगाउने र सेवा दिँदा जस्तै सुताउने, उठाउने, शौचालय लाने, खुवाउने, सफा गरिदिने जस्ता शरिरमा हात पर्ने कामहरू गर्दा पहिले आफ्ना हात सावुन पानीले धोएर वा स्यानिटाइजरको प्रयोग गरेर गर्ने ।
- माथि बुँदा “क” देखि “ठ” सम्मका उपायहरू आफूले पालना गर्ने र आफूले सेवा दिइरहेको अपाङ्गता भएका व्यक्तिलाइ पनि पालना गराउने ।
कोरोना भाइरस कसरी सर्छ ?
कोरोना भाइरस मानिसको शरीरभित्र मुख, नाक र आँखाको माध्यमबाट मात्र प्रवेश गर्न सक्छ । कुनै माध्यमबाट भाइरस मानिसको नाक, आँखा वा मुखभित्र प्रवेश गर्यो भने यसको संक्रमण हुन्छ जस्तै,
- संक्रमित व्यक्तिसँग हात मिलाउँदा उसको हातमा भाइरस आएको हुन सक्छ र उक्त व्यक्तिबाट तपाँइमा सर्न सक्छ र तपाँइले हातले आफ्नो नाक, मुख वा आँखा छुनुभयो भने तपाँइको शरीरमा भाइरस प्रवेश गर्न सक्छ ।
- संक्रमित व्यक्तिको हातमा भाइरस टाँसिएको हुन सक्छ र उसको हात तपाँइको नाक, मुख वा आँखाको सम्पर्कमा आएमा भाइर शरीरको भित्र प्रवेश गर्न सक्छ ।
- संक्रमित व्यक्तिले खोक्दा, हाच्छीउँ गर्दा निस्कने थुक, र्याल वा खकारमा भाइरस टाँसिएर आउँछ र उक्त थुक वा र्यालको छिटा अर्को व्यक्तिको मुख, नाक वा आँखामा परेमा सर्न सक्छ ।
- संक्रमित व्यक्तिलाइ मुखमा चुम्बन गर्दा संक्रमित व्यक्तिबाट आफूमा सर्न सक्छ ।
- सार्वजनि
क सवारी साधनमा यात्रा गर्दा सवारी साधनका वस्ने सिट, यात्रुले यात्रा गर्दा हातले समाउने विभिन्न ठाउँ र चिजविजहरू आदिमा संक्रमित व्यक्तिवाट आएको भाइरस जिवीत रहेर वसेको हुन सक्छ । त्यस्ता ठाउँ र चिजविजहरू समाउँदा तपाँइको हातमा पनि भाइरस टाँसीएर आउन सक्छ र उक्त हात मुख, नाक र आँखाको सम्पर्कमा आउँदा शरीरमा प्रवेश गर्न सक्छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
संघीय कार्यालय भृकुटीमण्डप
काठमाडौं, नेपाल
निम्न दिइएको लिङ्कमा अडियो पनि डाउनलोड गर्नसक्नुहुनेछ ।