प्रेश विज्ञप्ती
०७९/०८०/०२
प्रेश बिज्ञप्ती
सामाजिक संजाल र विभिन्न निकायहरुबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग जोडिएर दुर्व्यहारका सन्दर्भमा प्रेषित भनाई,टिप्पणीहरु र चासोप्रति महासंघको ध्यानाकर्षण भएको छ । महासंघमा प्राप्त निवेदनका आधारमा घटनाको विश्लेषण गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान नीति बमोजिम कुनै पनि दुर्व्यवहारलाई महासंघ शून्य सहनशिलताको सिद्धान्तमा कार्वाही गर्छ र गरिसकेको पनि छ । तर सामाजिक संजालमा आए जस्तो व्यक्तिले गरेका अपराधिक क्रियाकलापहरुको छानविन गरी दण्ड सजाय दिन राज्यको कानून आकर्षित हुन्छ । जुन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अधिकार क्षेत्रभित्र पर्दैन ।
तर महासंघसँग जोडिएका घटनाहरुमा पिडितलाई चित्त नबुझेमा न्यायिक निरुपणका लागि अगाडी बढन व्यक्तिको स्वतन्त्र अधिकारको महासंघ सम्मान गर्दछ । साथै न्यायिक निरुपणका लागि अगाडी बढने कार्यमा महासंघ उत्प्रेरित गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।
मिति २०७९/४/३्
राजु बस्नेत
महासचिव
प्रेश विज्ञप्तिको इमेज फाइल यसै साथै संलग्न गरिएको छ ।