संघीय निजामती बिधेयक सम्बन्धी प्रेश बिज्ञप्ती ।
प.सं २०७६/०७७/२०९ निजामती सेवा ऐन २०४९ लाई प्रतिस्थापन गर्न बनेको संघीय निजामती सेवा बिधेयक प्रतिनिधि सभामा दर्ता भइ प्रतिनिधि सभा राज्य व्यवस्था तथा…
प.सं २०७६/०७७/२०९ निजामती सेवा ऐन २०४९ लाई प्रतिस्थापन गर्न बनेको संघीय निजामती सेवा बिधेयक प्रतिनिधि सभामा दर्ता भइ प्रतिनिधि सभा राज्य व्यवस्था तथा…
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७७ जेष्ठ २८ च नं १५७२ को पत्रअनुसार साबिक बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका अति अशक्त अपाङ्गता ( ख वर्गको अपाङ्गता परिचय) पत्र प्राप्त भएका लाभग्राहीलाई मासिक रु १६००। का दरले चालु आ.व. को तेश्रो चौमासिक २०७६ चैत्रदेखी २०७७ असार सम्म को लागि हुन आउने रकम चालु आ.व. २०७६/२०७७ को सामाजिक सुरक्षा भत्ता शीर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरी आर्थिक सहायता उपलब्ध गराउने भनी सबै स्थानीय तहलाई परिपत्र गरिएको अवस्था छ ।
प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/२/२२ को तपशिल बमोजिमको निर्णयानुसार विश्वब्यापी COVID – 19 महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी साविकमा सामाजिक सुरक्षा भत्ता खाई पाई आएका साठी वर्ष उमेर पुरा नगरेका विधवा र अति अशक्त अपाङ्गता (“ख” वर्गको अपाङ्गता परिचयपत्र) भएका लाभग्राहीहरूलाई देहाए बमोजिम आर्थिक सहायता उपलब्ध गराउनुहुन अनुरोध छ । साथै बिभागको VERSP-MIS प्रणालीमा आर्थिक सहायताको छुटै समुह बनाई विवरण अध्यवधिक गरिने ब्यहोरा समेत आदेशानुसार अनुरोध छ।