Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

पुरुषहरूको मात्रै खेल हाेइन क्रिकेट

December 11, 2019

१. क्रिकेट नेपालको चर्चितमध्येको खेल हो । क्रिकेटलाई संसारभरि जेन्टलमेन्स गेम अर्थात विशेषगरी पुरूषहरूले मात्रै खेल्ने खेल भन्ने गरिन्छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पनि द्रुतगतिमा प्रगति गरिरहेको छ । हालैमात्रै नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराउँदै आफ्नो पहिलो एकदिवसीय श्रृंखला (सिरिज) जितेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नाम कमाउन सफल भएको हामीलाई थाहै छ ।

pakistani player batting a bow bowled by nepali player
तस्विर: युनिसेफ पाकिस्तान/२०१९/सैयना बसिर

२. नेपालका केही जाँगरिला महिलाले क्रिकेट केबल पुरुषका लागि हो भन्ने मान्यतालाई गलत प्रमाणित गर्दैछन् । यही फागुन महिनामा नेपालको नेत्रहीन महिला क्रिकेट टोली पाकिस्तानको इस्लामावादमा भएको पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट प्रतियोगिता जितेर स्वर्ण पदक र शिल्डका साथ फर्केको छ । यो अभूतपूर्व उपलब्धि अपाङ्गता भएका व्यक्तिहरूमा रहेको प्रभावशाली क्षमताको एउटा उदाहरणमात्र हो ।

nepali players holding the trophy after winning the tournament
तस्विर: युनिसेफ पाकिस्तान/२०१९/सैयना बसिर

३. संसारका एक अर्ब अथवा १५ प्रतिशत मानिसमा कुनै न कुनैरूपमा अपाङ्गता रहेको हुन्छ । यिनीहरूमध्ये ८० प्रतिशत नेपाल जस्ता विकासोन्मुख देशहरूमा बस्ने गर्छन् । उनीहरूले आफूमा रहेको पूरा क्षमताको प्रयोग गर्नका लागि धेरै ठूला अवरोधहरूको सामना गर्नुपर्छ ।

nepali players holding the trophy after winning the tournament
तस्विर: युनिसेफ नेपाल/२०१३/किरण पाण्डेPHOTO:KIRAN PANDAY

४. अपाङ्गता भएका किशोरी तथा महिलाले प्रायजसो अपमान र हिंसासहितका बहुसामाजिक अवरोधहरूको सामना
गर्नुपर्छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको २०१८ को प्रतिवेदनका अनुसार अपाङ्गता भएका महिलाले आफ्नै उमेरका अपाङ्गता नभएका महिलाको भन्दा १० गुणा ज्यादा लैङ्गिक हिंसाको सामना गर्नुपर्छ ।

a student in a wheelchair is being helped by her friend in her school
तस्विर: युनिसेफ नेपाल/२०१३/ नरेन्द्र श्रेष्ठ

५. यदि अपाङ्गता भएका व्यक्तिहरूले आफूमा रहेको क्षमताको अधिकतम उपयोग गर्ने वातावरणको सिर्जना हुने हो भने उनीहरूले देशको विकासमा समेत योगदान गर्न सक्छन् । नेपाल नेत्रहीन महिला क्रिकेट टोलीको यो जीत यसको ज्वलन्त उदाहरण हो । “पाकिस्तानका नेत्रहीन महिलाको क्रिकेट टोलीविरूद्धको प्रतियोगिता आफैँमा एउटा नयाँ किसिम इतिहास हो । हामीले खेलका साथै यात्राको पनि आनन्द लियौं । हामीलाई आशा छ, पाकिस्तानको टाेली पनि चाँडै नै नेपाल आउने छ र हामीले खेल जारी राख्नेछौँ”, भगवती (२६), नेपाली टोलीका कप्तान ।

a student in a wheelchair is being helped by her friend in her school
तस्विर: युनिसेफ पाकिस्तान/२०१९/सैयना बसिर

६. नेपाल र पाकिस्तानका नेत्रहीन महिला क्रिकेट टोलीबीचमा हालै सम्पन्न टी -20 अन्तर्राष्ट्रिय श्रृंखलाबाट यो महशुस गर्न सकिन्छ कि खेलकुद वास्तवमा एउटा यस्तो मञ्च हो, जसबाट अपाङ्गता भएका किशोरी तथा महिलाले आफ्नो क्षमताको पूर्ण उपयोग गरेर आफूलाई थप सशक्त  बनाउन सक्छन् । यसबाट उनीहरूको जीवन त बद्लिन्छ नै, समाजमा रहेको महिलाप्रतिको दृष्टिकोण पनि फेरिँदै जान्छ ।

The group photo of Nepali team after they won the tournament. They are seen with trophy and winner banner
तस्विर: युनिसेफ पाकिस्तान/२०१९/सैयना बसिर

 

७. अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि स्वास्थ, शिक्षा, सामाजिक सुरक्षाका साथै रोजगारी जस्ता आधारभूत सेवा तथा अधिकारहरूमा समान पँहुचको प्रावधान रहेको छ । अबको समय भनेको अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा भोग्नु पर्ने अवरोधहरूलाई सबै मिलेर हटाउने हो । त्यसकारण, समावेशी समाजको निर्माणमा अग्रसर होऔं ।

Nepali players celebrating their success by dancing
तस्विर: युनिसेफ पाकिस्तान/२०१९/सैयना बसिर

(यो फोटो कथा युनिसेफ नेपाल र युनिसेफ पाकिस्तानद्वारा संयुक्तरूपमा तयार गरिएको हो । यो सामग्री युनिसेफ नेपालको सहमितमा नेपालीमा अनुवाद गरी प्रकाशन गरिएको हो ।)

(यो लेख रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ मा प्रकासित भएको हो । यस अंकका अन्य लेखहरू हेर्न यहाँ थिच्नुहोस्।)

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search