Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

सातौँ अपेक्षित परिणाम : अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण र व्यवस्थापन

November 29, 2019

एसिया प्रशान्त क्षेत्र जलवायु परिवर्तनलगायत विभिन्न विपदहरूबाट धेरै नकारात्मक प्रभाव पर्ने क्षेत्र हो । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका नीति, योजना तथा कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई अलग्याउने गरिएका कारणले उनीहरू लगायत अन्य जोखिममा रहेका समूह यस्ता विपदका घटनामा मृत्यु, चोटपटक र थप शारीरिक वा मानसिक क्षतिको शिकार हुने जोखिम अत्यधिकमात्रामा हुन्छ । यस्ता विभिन्न विषयमा सरकारले जनहितका लागि जारी गर्ने सन्देशहरू अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त ढाँचामा हुँदैनन् । जस्तैः साङ्केतिक भाषा, ब्रेल, सङ्केत वा सरल र बुझिने चित्रहरूको प्रयोग गरिंदैनन् । यसैगरी आकस्मिक द्वार (ढोका) हरू, आकस्मिक अवस्थामा निर्माण गरिने अस्थायी सिविर र सेवा-सुविधा पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त हुँदैनन् । विपदको अवस्था आउनु पहिले गर्नुपर्ने तयारीका बारेमा सिकाइने कार्यक्रमहरूमा निरन्तररूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समावेश गरियो भने उनीहरूमाथि विपदबाट हुने क्षति न्यून गर्न सकिन्छ । भौतिक संरचनाहरूलाई अपाङ्गतामैत्री बनाइएको खण्डमा पनि विपद व्यवस्थापनबाट हुने क्षति कम गर्न सकिन्छ ।

प्रगति मापन गर्ने सूचक

मुख्य सूचक

७.१.    अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण योजना तयार गरिएको ।

७.२.    विभिन्न सेवासँग सम्बन्धित कर्मचारीहरूलाई अपाङ्गता समावेशी तालिमहरू प्रदान गरिएको ।

७.३.    अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँच पुग्नेगरी बनाइएका विपद व्यवस्थापनका लागि तयार गरिने सिविरको संख्या ।

सहायक सूचक

७.४.    विपदका कारणले मारिएका वा गम्भीर रूपमा चोटपटक लागेका अपाङ्गता भएका व्यक्तिहरूको संख्या ।

७.५.    विपद व्यवस्थापनको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श गर्न सक्ने कर्मचारीको उपलब्धता ।

७.६.    विपद व्यवस्थापनका लागि तयारी गर्दा र विपद वा विपदपछिको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री र सहयोगी प्रविधिको उपलब्धता ।

लक्ष्य

७. (क) : अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण योजनालाई सबल बनाउने ।

७. (ख) : जोखिम वा विपदका अवस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समयमै र उपयुक्त सहयोग पुर्‍याउने उपायहरू कार्यान्वयनलाई सबल बनाउने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search