Skip to content
Main header of NFDN
Phone +977-1-4231159Hours Mon - Fri: 9AM - 5PM
Facebook FacebookTwitter Twitter
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • केन्द्रीय बोर्ड
    • प्राविधिक कार्यालयहरू
    • जिल्ला समिति
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • समाचार
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
    • हामीसँग काम गर्नुहोस्
  • सम्पर्क
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response
logo of nfdn

आठौँ अपेक्षित परिणाम : विश्वसनीय र तुलनायोग्य अपाङ्गतासम्बन्धी तथ्याङ्कमा सुधार ल्याउने

Home / Articles / आठौँ अपेक्षित परिणाम : विश्वसनीय र तुलनायोग्य अपाङ्गतासम्बन्धी तथ्याङ्कमा सुधार ल्याउने
November 29, 2019
Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email

अपाङ्गता भएका व्यक्तिहरूलाई प्राय लुकाएर राख्ने, उनीहरूका कुरा नसुनिने र उनीहरूलाई गणना नगरिने गरिन्छ । पछिल्ला वर्षहरूमा एसिया तथा प्रशान्त क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको गणना गर्ने क्रममा देशहरूले अवलम्बन गर्ने “अपाङ्गता” र “अपाङ्गता भएका व्यक्तिहरू” को परिभाषामा धेरै विविधता रहेको छ । एसिया प्रशान्त क्षेत्रमा अपाङ्गता भएका व्यक्ति र उनीहरूको सामाजिक, आर्थिक अवस्थाका बारेमा वास्तविक तथ्याङ्क र सूचना आउनु जरूरी छ । अपाङ्गतासम्बन्धी तथ्याङ्क र सूचनाले वास्तविकतामा आधारित रहेर अपाङ्गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी नीतिहरू बनाउन सजिलो बनाउँछ । यो दशकले अपाङ्गतासम्बन्धी तथ्याङ्क र सूचना सङ्कलन गर्ने एउटा अवसर प्रदान गरेको छ ।

प्रगति मापन गर्ने सूचक

मुख्य सूचक

८.१. International Classification of Functioning Disability and Health (ICF) अनुसार लिङ्ग, जात, उमेर र सामाजिक तथा आर्थिक अवस्थासमेत देखिनेगरी अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क ।

८.२. इन्च्योन रणनीतिले तय गरेका अपेक्षित परिणाम र लक्ष्यहरू प्राप्तिको अवस्था मापन गर्न एसिया प्रशान्त क्षेत्रमा सन् २०१७ को मध्यसम्ममा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क राख्ने सरकारहरूको संख्या ।

८.३. मूलधारका विकास कार्यक्रमहरू र स्वास्थ्य तथा यौन तथा प्रजनन स्वास्थ्यलगायतका सरकारका कार्यक्रमहरूमा अपाङ्गता भएका महिला तथा केटीहरूको विस्तृत तथ्याङ्क उपलब्ध भएको ।

लक्ष्य

८. (क) :अपाङ्गता भएका व्यक्तिहरूलाई पहुँचयुक्त र अन्तर्राष्ट्रियस्तरमा तुलना गर्न योग्य हुनेगरी अपाङ्गतासम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने र सबैलाई जानकारी गराउने ।

८. (ख) : सन् २०१७ को मध्यसम्ममा इन्च्योन रणनीतिले तय गरेका अपेक्षित परिणाम र लक्षहरूमा भएको प्रगति मापन गर्ने स्रोतको रूपमा अपाङ्गतासम्बन्धी विश्वसनीय तथ्याङ्क ल्याइसक्ने ।

Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2022 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • केन्द्रीय बोर्ड
    • प्राविधिक कार्यालयहरू
    • जिल्ला समिति
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • समाचार
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
    • हामीसँग काम गर्नुहोस्
  • सम्पर्क
Search