अपाङ्गता भएका ब्यक्तिहरु द्वारा संचालित संस्थाका सदस्यहरुलाई स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नं १ र २ को आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरु द्धारा संचालित संस्थाका सदस्यहरुलाई स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संखुवासभाको खाँदवारी र महोत्तरीको बर्दिबासमा गरिएको उक्त कार्यक्रमहरुमा कुल १२ जिल्लाका १५ वटा संस्थाका ४२ सहभागीहरु रहेका थिए जसमध्ये २४ जना शारीरिक, दृश्टी सम्बन्धी ४, बौद्धिक अपाङ्गता अभिभावक ४ र अन्य सहभागी १० जना उपस्थित हुनुभएको थियो ।
कार्यक्रममा अपाङ्गताका प्रकार, अपाङ्गता भएका ब्यक्तिका स्वास्थ्य र पुर्नस्थापना सेवाको परिचय, अपाङ्गताका प्रकार अनुसारको पुनर्स्थापना सेवा, पुनर्स्थापना सेवाका लागी वकालतको आवश्यकता, स्थानीय योजना बनाउने चरण, समूह कार्यको आवश्यकता र महत्व, अपाङ्गता भएका ब्यक्तिका स्वास्थ्य र पुनर्स्थापनासँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी ब्यबस्थाहरु, बजेट विनियोजन तथा पुनर्स्थापना सेवामा पँहुच वृद्धि गर्नका लागि स्थानीय सरकार, स्थानीय पुनर्स्थापना सेवा प्रदायकहरू, शारीरिक पुनर्स्थापना केन्द्र र फिजियोथेरापि ईकाइहरुसंगको समन्वय र स्थानिय तहमा स्वास्थ्य र पुर्नस्थापना सेवा प्रवर्धन गर्न संस्थाहरुको भुमिका र वितिय व्यवस्थापनका विषयहरुमा छलफल गरियो ।
उक्त कार्यक्रममा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका स्वास्थ्य र पुनर्स्थापनाका समस्या,चुनौती तथा सवाल हरुका बारेमा खुला छलफल गरिएको थियो । यसमा सहभागिहरुले पालैपालो कुरा राखेका थिए । साथै अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य र पुर्नस्थापनाको लागी आ-आफ्नो स्थानबाट सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि कुरामा मात्र सिमित नगरी ब्यवहारिक रुपमा अगाडी बढाउन सरकारी तथा अन्य सरोकारवालासंग समन्वय गर्न संस्थाहरु तयार रहेको प्रतिबद्धता समेत जनाएका थिए। यो आ.व को योजना तर्जुमाको समय सकियता पनि अर्को आ.व को लागि वेलैमा अभिमुखीकरण पाएकोले अब टोल तथा बस्तिस्तरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि बजेट तथा कार्यक्रम माग गर्न तयार हुने बताएका थिए। समस्याहरु धेरै भएको र निरुपणका लागि सवैजनालाई एकैठाँउमा सेवा पाँउने ब्यवस्था मिलाउन सहकार्य गर्नुपर्दछ भन्ने कुरामा जोड दिएका थिए । महासंघको पुनर्स्थापना सम्बन्धि एकिकृत अबधारणा, संस्थाहरुसंगको समन्वय र सहकार्य, संस्थाहरुले सरकार संग पैरवी गर्नेका लागि एकिकृत अबधारणा बनाएर जानेमा एकिवद्धता पनि जनाएका थिए l
अभिमुखीकरण कार्यक्रम संघिय अध्यक्ष ज्यू, संघिय सदस्य ज्यु तथा प्रदेश अध्यक्ष ज्यु लगायत प्रदेश कर्मचारिहरुले सहजीकरण गर्नुभएको थियो ।